
कञ्चनपुर ,फागुन १,नेकपा (क्रान्तिकारी माआवादी) कञ्चनपुर जिल्ला पार्टीले २५ औं जनयुद्व दिवस तथा शुभकामना आदान प्रदान कार्यक्रममा गरेका छन । कञ्चनपुर पार्टी कार्यालयमा आज एक कार्याक्रम गरी जनयुद्ध दिवस भवव्य रुपमा मनाएको जिल्ला सेक्रेटरी बिष्णु राम दमाईले जानकारी दिनुभयो ।
नेकपा (क्रान्तिकारी माआवादी) जिल्ला सेक्रेटरी बिष्णु राम दमाईको अध्यक्ष्तामा भएको क्रार्यक्रममा नेकपा (क्रान्तिकारी माआवादी)सुदूरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महरा प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रमा नेता चन्द्रलाल थौधरीले शुभकामना मन्तव्य राखेका थिए २५ औं जनयुद्व दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको सञ्चालननेता लालध्वले गरेका छन ।जनयुद्व दिवस तथा शुभकामना आदान प्रदान कार्यक्रममा क्रान्तिकारी माआवादीका नेताहरुको उपस्थित रहेका थिए ।
कार्यक्रममा प्रदेस सेक्रेटरी महराले शुभकामना दिदै अव नेपालमा जनयुद्धको जगमा जनविद्रोह अपरिहार्य रहेको बताउँदै भने ‘राष्ट्रियताप्रति धावा बोलिरहेको लिपुलेक, कालापानी प्रकरण र एमसीसी प्रकरणमा संसदमा अनुमोदन गर्ने सत्ताधारी नक्कली कम्युनिष्टलाई लागि परेको बताउनुभयो ।
त्यस्तै सत्ताधारी नेकपा पार्टीले पनि पार्टी कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम गरेर २५ औं जनयुद्व दिवस मनाएका छन । नेकपा पार्टी कार्यालयमा जनयद्ध दिवस मनाएको जिल्ल संयोजक विर बहादुर थापा पातलले बताए । प्रतिबन्धित नेकपा पार्टीले कञ्चनपुरले पनि शुभकामना आदानप्रदान कार्यक्रम गरेर २५ औं जनयुद्व दिवस मनाएका छन ।
नेकपा (क्रान्तिकारी माआवादी) पार्टीले सुदूरपश्चिम प्रदेसका कैलाली, बैतडी, र्दाचुला ,डडेल्धुरा ,अछाम जिल्लाहरुमापनि २५ औं जनयुद्व दिवस मनाएको )सुदूरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महराले जानकारी दिनुभयो ।



 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    