अछाम, फागुन,१३, अछाम जिल्लाको ढकारीबाट मंगलसैनतर्फ जाँदै गरेको जीप कमलबजार नगरपालिका– ६ हात्तिबाँझमा दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मंगलबार करिब १२ बजेतिर से१ज ९१० नम्बरको जीप सडकबाट १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घाइतेको अहिले जिल्ला अस्पताल मंगलसैनमा उपचार भइरहेको उनले बताए। तीब्र गतिका कारणले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुस