कैलाली फागुन १९ ,नेकपा (क्रान्तिकारी माओवादी ) पार्टीका महासचिव मोहन वैद्य (किरण) कैलाली पुगेका छन । नेता वैद्य आईतवार काठमाण्डौंबाट सूदुरपश्चिम प्रदेशका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रमका लागि कैललाली पुगेका हुन ।

क्रान्तिकारी माआवादीले सञ्चालन गरेको राट्रिय स्वाधिनताको आन्दोलन देशका चार सहरबाट दुई महिने अभियान अगाडी बढोको बेला कार्यक्रमलाई शसक्क्त बनाउन देशैभरी नेता कार्यकर्तालाई प्रशिक्षण गर्न कार्यक्रम अनुरुप नेता वैद्ध कैलाली पुगेका हुन ।

उपयुक्क्त समय मिलाएर भारत द्धारा अतिक्रण गरिएको नेपाली भुमि कालापानी जाने तयारीको लागि पनि नेता मोहन वैद्य कैललाी पुगेको सूदुरपश्चिम ईन्चार्ज अनुकुलले बताए । क्रान्तिकारी माओवादी महासचिवको बसाई चार दिन सम्म कैलालीको अत्तरिया रहेने नेता अनुकुलले जानकारी दिनुभयो ।
फागुन २० र २१ गते कैलाली जिल्लाको अत्तरियामा कार्यक्रता भेटघाट तथा दुई दिने नेता कार्यकर्ता प्रशिक्षण  र पार्टीका आन्तितिक  कार्यक्रम सञ्चालन हुने नेकपा (क्रान्तिकारी माओवादी )सूदुरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस