कञ्चनपुर फालुन २०, थरुहट–थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको आमहड्तालका कारण तराईका जिल्ला कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङसहितकाको जनजीवन ठप्प भएको छ । बन्दकारण सुदूरपश्चिम प्रदेशको राजधानी पनि प्रभावित भएको हो ।

यातायातका साधन नचल्दा भारत लगायत विभिन्न ठाउँबाट आएका यात्रु धनगढीमा अलपत्र परेका छन । बन्दको पूर्व सन्ध्यामा मोर्चाले तराईको विभिन्न जिल्लामा मसाल जुलुश प्रदर्शन समेत गरेको थियो । बन्दका कारण धनगढीबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन ठप्पको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

तर प्रहरीले स्कटिङ गरेर लामो दुरीका गाडीहरु गन्तव्यमा छोड्नेकामा गरेको छ । बन्दले बजार, शिक्षण संस्था पनि पुरै बन्द छन । यसैबीच प्रहरीले हिजो सोमवार कञ्चनपुरबाट १ जनालाई नियन्त्रणमा लिएको छ ।हिजो साँझ वेदकोटमा प्रदर्शन गर्ने क्रममा सञ्जय रानालाई प्रहरीले नियन्त्रणमा लिएको मोर्चाले जनाएको छ ।

सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन फागुन २० र २१ गते आमहड्तालको घोषणा गरेको हो । आमहड्ताल अवज्ञा गरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम् रहने पनि मोर्चाले चेतावनी दिएको छ ।

आमहड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने मोर्चाका कैलाली संयोजक माधव थारुले जानकारी दिए ।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ ।

आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुस