कञ्चनपुर फागुन २०, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारका लागि ग्रामिण विकास नेपालको आयोजनामा शुक्लाफाँटा नगरपालिका–८ मणिका धाममा मेला लाग्ने भएको भएको छ । ग्रामिण नेपालको योजनामा फागुन २० र २१ गते मणिका धाम धार्मिक तथा पर्यटन मेला लाग्ने भएको हो ।

शुक्लाफाँटा नगरपालिकामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उदेश्यले मेला आयोजना गर्न लागिएको मेला संयोजक दिपकराज भट्टले बताए । उनका अनुसार मेलामा शुक्लाफाँटा नगरपालिकाभित्र रहेका पर्यटकी क्षेत्र मणिका धाम, बतासे झरना, थारु संग्राहालय, सुनदेवी ताल, खैरकान्द्रा होमस्टे, झारखण्डी बैजनाथ ताल, कृष्णसारलगायतका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरिनेछ ।

‘मेलामा पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै मनोरञ्जन समेत प्रदान गरिनेछ,’ उनले भने,‘मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन् ।’ मेलामा गायक चक्र बम, लालबहादुर धामी, निर्मला खडायत, मनिषा बोहरा, भोजराज जोशीलगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । ग्रामिण विकास नेपालले यसअघि पर्यटकी क्षेत्रको प्रचारप्रसार गर्ने उदेश्यले झलारीमा फागुन ७ गतेदेखि १२ गतेसम्म मेला योजना गरेको थियो ।

मणिका धाम धार्मिक तथा पर्यटन मेलाको मंगलबार उद्घाटन गरिनेछ । मेला उद्घाटन कार्यक्रम शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बहादुरसिंह महराको अध्यक्षतामा गरिनेछ भने प्रमुख अतिथि सुदूरपश्चि प्रदेश सभा सदस्य महेशदत्त जोशी रहने छन् ।

प्रतिक्रिया दिनुस