कञ्चनपुर फागुन २०, सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. अम्मरराज जोशी नियुक्त भएका छन् । सोमवार प्रा.डा. जोशीलाई सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका रुपमा नियुक्त गरिएको हो ।

एक वर्ष देखि सुप विश्वविद्यालय उपकुलपति रिक्त रहेको थियो । सुदूरको पहाडी जिल्ला बझाङ घर भएका जोशी त्रिभुवन विश्वविद्यालयको अंग्रेजी ‘डिमार्टमेन्ट हेडको रुपमा कार्यरत रहेका थिए ।

प्राध्यापन क्षेत्रमा लामो अनुभव बोकेका प्रा.डा.जोशीलाई सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले सुप विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् ।प्रा.डा.जोशीलाई नियुक्त भए पछि अव विश्वविद्यालयले गति लिनेमा सबै विस्वस्त रहेका छन ।

प्रतिक्रिया दिनुस