काठमाडौं फागुन २०, चीनबाट फैलिएको कोरोना भाइरसले विश्वभर महामारीको रुप लिइरहेको छ। उत्तरी छिमेकी चीनबाट फैलिएको कोरोना दक्षिणी छिमेकी भारतमा पनि पुगेको अवस्थामा नेपालमा सतर्कता बढाइएको छ।

सरकारले अत्यावश्यक कामबाहेक भ्रमणमा ननिस्कन आग्रह गरेका बेला निजी क्षेत्रले पनि निगरानी बढाउन थालेका छन्। वायुसेवा सञ्चालक संघले हवाई यात्राका क्रममा विशेष सजगता अपनाउन यात्रुलाई आग्रह गरेको छ।

संघले बुधबार एक सूचना निकाल्दै कोरोनाको सम्वेदनशीलतालाई ध्यानमा राखी ज्वरो र रुघाखोकी जस्ता लक्षण भएका यात्रुलाई जहाजमा यात्रा नगर्न अपिल गरेको छ। ‘कोरोना भाइरसको संवेदनशीलतालाई ध्यानमा राखी यात्रु, हवाईजहाज चालक र अन्य क्रुको सुरक्षालाई मध्यनजर गर्दै ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएका यात्रुहरुले सकेसम्म हवाई यात्रा नगर्नु हुन आग्रह गर्दछौँ’, संघले निकालेको सूचनामा भनिएको छ।

संघले त्यस्तो लक्षण देखिएको अवस्थामा यात्रा गरेको पाइएमा सम्बन्धित यात्रुको उडान नै रद्द गरिने पनि जानकारी दिएको छ। ‘कथम्कदाचित त्यस्ता महानुभावहरु यात्रा गरेको पाइएको खण्डमा सम्बन्धित वायुसेवा कम्पनीहरुबाट आवश्यक निरीक्षण गर्दा शंका लागेमा त्यस्ता यात्रुहरुको उडान रद्द गर्न सक्ने व्यहोरासमेत सम्पूर्ण यात्रुहरुलाई जानकारी गराइन्छ।थाहा खवर बाट

 

प्रतिक्रिया दिनुस