बिकाश सिंह महता
कञ्चनपुर, चैत्र २२ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा आफ्नो जन्मभुमिको मायाले समाजसेवी युवाले गाउँ बस्तीमा गएर खाद्यान्न वितरण गरेका छन् ।विश्वव्यापी रुपमा फैलिएको महामारी लाई नियन्त्रण र न्यूनीकरणका लागि देशभर दोस्रो चरणको लक डाउन गरिएको आपतकालीन यो दुस्खद घडी लाई मध्यनजर गर्दै युवा समाजसेवी नबिन थापाले आफू जन्मेको जन्मभूमिको गाउँबस्तीमा गएर आफ्नै हात बाट आरक्षपिडित र अति गरिब विपन्न परिवार लाई खाद्यान्न सहयोग गरेको छ।

कोभिड(१९ कोरोना भाइरस रोकथामका लागि देशभर लक डाउन गरिएको यो समयमा आरक्षपिडित र अति गरिब विपन्न परिवार भएको गाउँबस्तीमा छाक टार्न धौधौ पर्ने र समस्या हुने भएको हुँदा आरक्षपिडित परिवार मध्यको आफू पनि भएको र दुख कष्ट के हो भन्ने कुरा लाई आत्मसात गर्दै एक छाक टार्न भएपनि बेलडाडी गाउँपालिका वडा न।१ र २ का आरक्षपिडित र अति गरिब विपन्न ७५ परिवार लाई २५ बोरामा रहेको ६२५ किलो चामल गगन बहादुर थापा र उनका छोरा नवीन थापाले बस्तीमा गएर सहयोग गरेका हुन।

समाजसेवी युवा थापाले भने ू सरकारले २०५८ सालमा आरक्षपिडित बेलडाँडिमा भएका मध्यको एक आफू र आफ्नो परिवार पनि रहेको हुँदा भोक ,तिर्खा के हो भन्ने कुराको महसुस गरेको र भोगेको हुँदा आज सानै भए पनि यो महामारीको समयमा आफ्नै हात बाट सहयोग गर्न पाउदा खुसी भएको बताए।ू

ूविश्वव्यापी रुपमा फैलिएको यो दुस्खद महामारीको समयमा कोहि कसैले नहेरे पनि एक युवाले आफ्नो गाउँ र ठाउँको माया रहेको हुँदा आज छोराको यो अथक प्रयास कठोर परिश्रम का बाबजुद भए पनि छोराले यो समाजसेवी कार्यलाई आत्मसात गरेको हुँदा आफू अति नै खुसी रहेको गगन बहादुर थापाले बताए।ू
आफुहरु लाई कसैले पनि नहेरेको हुदा आज एक समाजसेवी युवाको साथसहयोगले एक छाक खानलाई भए पनि चामल सहयोग पाएको हुँदा आफुहरु खुसी भएका उक्त क्षेत्रका पिडितहरु बताउन्छ्न्।
समाजसेवी युवा नेकपा पुर्व युवा जिल्ला कमिटी कञ्चनपुरका सदस्य समेत रहेका उनी हाल सुदूरपश्चिम प्रदेश सभा सभामुख अर्जुन थापाको निजि सचिवालयको कार्यालयमा कार्यरत छन् ।
आपतकालीन यो समयमा सामाजिक सेवा र सहयोग गर्नेहरु दिन प्रतिदिन सहर देखि गाउँमा सम्म एका एक बड्दै गएका छ ।

प्रतिक्रिया दिनुस