कञ्चनपुर चैत्र, २२ । कोभिड १९ कोरोना भाइरस रोकथामका लागि देशभर लक डाउन गरिएको यो समयमा कोरना भाईरसबाट बाँच्नका लागि कञ्चनपुर शुक्लाफाँटा नगरपालिका १ बन्साहमा रहेको सृजना सामुदायिक वन उपभोक्ता समुहले उपभोक्ताको घरमा गएर साबुन बितरण गर्दै जनचेतना फैलाउने काम गरेको छ ।

बन्साह लौटा टोलमा रहेको सृजना सामुदायिक वन उपभोक्ता समुहले उपभोक्ता र ग्रामीणभेगरित जनचेतनामुलक कार्यक्रम संचालन गरेको हो ।सृजना सामुदायिक वनका अध्यक्ष शुवर्ण बहादुर विष्टले घरदैलो गरेर २०० परिवारलाई डिटोल साबुन, मास्क, वितरण गरिरहेको बताए ।


अध्यक्ष विष्टले महामारीबाट बाँच्नका लागि पुर्व तयारी स्वरुप उपभोक्तलाई हातधुनेदेखि कसरी बाँच्न सकिन्ने भन्ने विषयमा सचेत गराईरहेको बताए । अध्यक्ष शुवर्ण विष्टले महामारीको समयमा सरकारको मुख ताक्नु भन्दा पनि आ–आफ्नो ठाँउबाट जे गर्न सकिन्छ, त्यही गर्नुपर्नेमा जोडदिएका छन ।

प्रतिक्रिया दिनुस