विकास सिह महताकञ्चनपुर, चैत्र, ३० । कोरोना भाईरस(कोडिभ १९) बिरुद्ध लड्नका लागि बेलडाँडी गाउँपालिकालाई स्थानीय स्तरबाट सहयोग आईरहेको छ । दुई साताको अवधिमा बेलडाँडीमा १५जना व्यक्ति संघ संस्थाले सहयोग गरेका छन् । कोरोना भाईरस संक्रमण हुन नदिनका लागि गाउँपालिकाले विपद् व्यवस्थापन राहत कोष समेत खुलेको छ । उक्त कोषमा रकमका साथै जिन्सी समाग्री समेत पाईएको छ । बेलडाँडी गाउँपालिकालाई पत्रकारदेखि राजनीति दलले सहयोग गरेका छन् ।
पत्रकार रोशन खडका र नेकपा सत्ताधारी बेलडाँडी र काँग्रेसले सहयोग गरेका छन् । पत्रकार खडकाले गाउँपालिकालाई २५ थान पिपिई, १३ थान हेण्डवास, ४सय मास्क र एन नाईटीफाईप २०थान मास्क दिइएकोछ । भने सत्तारुढ दल नेकपा बेलडाँडीले २३ हजार नेपाली काँग्रेस बेलडाँडीले २५ हजार १सय २५रुपैँया नगद सहयोग गरेका छन् ।
बेलडाँडी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त भट्टद्वारा आईतबार हस्ताक्षरित गरिएको पत्रमा नगद तथा जिन्सी समाग्री सहयोग पाईएको छ । विभिन्न १० व्यक्ति,संघ संस्थाद्वारा नगद सहयोग पाईएको छ, भने पाँच व्यक्ति संघबाट जिन्सी समान पाईएको छ । गाउँपालिकामा चैत्र ३० दिउँसोसम्ममा नगद २ लाख ३४ हजार ३ सय २५रुपैया नगद जम्मा भएको छ

। भने केही खाद्यान्न तथा स्वास्थ्य सुरक्षा समाग्री जम्मा भएको छ । सबैभन्दा बढि न्यू मालिकार्जुन टे«ड एण्ड सप्लायर्सका संचालक तेजसिह धामीले ५१ हजार सहयोग दिएका छन् । कञ्चन डेभलपमेन्ट बैैंक बेलडाँडी शाखाले ३५ हजार, काँग्रेस २५ हजार १सय २५, नेकपा २३ हजार, भीम खडका १० हजार, सृजनशील सहकारी संस्था २१ हजार, उखु उत्पादक किसान हकहित संरक्षण समिति २५ हजार, उदयदेव सहकारी २५ हजार, सम्झौता बहुउदेशीय सहकारी ११ हजार र नेपाल इसाई समाज उपशाखा बेलडाँडी ८ हजार २सय नगद सहयोग गरेका छन् ।
यस्तै जिन्सी तर्फ बेलडाँडी गाउँपालिका २ घर भएका पत्रकार रोशन खडकाले गाउँपालिकालाई २५ थान पिपिई, १३ थान हेण्डवास, ४ सय मास्क र एन नाईटीफाईप २०थान मास्क दिइएकोछ । निड्स नेपाल २ सय हेण्ड सेनिटाईजर, ८४ थान ग्लोब्स, हेण्डबास ४८, एनएनएसडब्लूए मास्क ४ सय, हेन्ड सेनिटाईजर १०, ४सय साबुन, २ प्याकेट ग्लोब्स, थप ११ पिस सेनिटाईजर, २ सय ग्लोब्स, ८ भाईरेक्स, पिपिई २ सेट दिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष १ हजार पिस मास्क, महाकाली सुगर ईण्डिष्ट्रिजले सेनिटाईजर दिएको छ । भारतसंग सीमा जोडिएको बेलडाँडी गाउँपालिकामा सहयोगी हात बढ्दै गएपछि स्थानीय सरकारले जनताको साथ सर्मथन पाएको जनाएको छ । बेलडाँडी गाउँपालिका प्रमुख धन बहादुर थापाले कोरोना भाईरस बिरुद्ध बेलडाँडीलाई प्राप्त सहयोग साथ समर्थन गर्ने सहयोगीहरुप्रति आभार प्रकट गरेका छन् । उनले लकडाउन प्रभावकारी कार्यान्वयनका लागि समेत गाँउबासीमा अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुस