कञ्चनपुर ,चैत्र, ३० । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वार्ड नं.४- लालिगुराउस टोलमा आफ्नै छोराले धारिलो हतियार प्रयोग गरि वावुको हत्या प्रयोग गरी हत्या गरिएको छ । कृष्णपुर नगरपालिका वार्ड नं.४- लालिगुराउस टोलमा ५२ वर्षिय तौला रानाको ज्यान गएको छ। आइतवार वाबु छोराको आपसी विवादमा दिउसो १२ -वजे तिर छोरा सिमोन रानाले घास काट्ने दाउको प्रयोग गरि आफ्नै वावुको हत्या गरेको ईलाका प्रहरी कार्यालय झलारीवाट प्रहरी निरिक्षक धर्मेन्द्र रावलले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको छ । घटनावारे थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक रावलले वताए । घटनास्थलवाट अभियुक्त सिमरनलाई पक्राउ गरि थप अनुसन्धानकालागी ईलाका प्रहरी कार्यालय गुलरियाको नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया दिनुस