चैत्र, ३० । कोरोना भाइरसका कारण देशभर लक डाउन भएको मौका छोपी लागुऔषधको कारोबार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाम माई–२ का ४३ वर्षीय कमल श्रेष्ठ र सूर्योदय–२ का २८ वर्षीय सन्दीप राई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

गएराती साढे ९ बजे झापा मेचिनगर–१० स्थित भित्रि सडकखण्डमा मे ११ प २५८५ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई चेकजाँच गर्नेक्रममा उनीहरूको साथबाट ७ ग्राम ब्राउन सुगरसहित फेला परेको थियो ।पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुस