काठमाडौं बैशाख २ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रका लागि गरेक लक डाउनको समय एक साता थप गर्ने तयारी रहेको छ । सरकारले चैत्र ११ गते देखि तिन पटा थप गरेरे लक डाउन समय ३ बैशाख राखिएकोे थियो । सोमबार सम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या १४ पुगेको छ । पछिल्लो नौ दिनसम्म नयाँ सङ्क्रमित फेला परेका थिएनन् ।

आइतबार एकैदिन तीनजना र सोमबार दुईजना नयाँ सङ्क्रमित थपिएका हुन् । आइतबार थपिएका तीनैजना नागरिक भारतीय हुन् । कोरोना सङ्क्रमितको संख्या बढिरहेको हुदा सरकारले लक डाउनको समय एक साता थप गर्ने तयारी गरेको हो । आज बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले एकसाता लक डाउन लम्ब्याउने तयारी गरेको स्रोतले जानकारी दियो ।

।मुलुकभित्र कोरोना सङ्क्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले एकसाता लम्ब्याउन लागिएको स्रोतको भनाइ छ ।हालसम्म नेपालमा प्रदेश नम्बर २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सङ्क्रमित फेला परेका छन् ।

प्रतिक्रिया दिनुस