काठमाडौं ,बैशाख ,२ । काठमाडौंमा थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । हिजो काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट ल्याइएका ३ जनाको नमूनामध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। एकै परिवारका ३ मध्ये अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

उनीहरू बेलायतबाट १ महिना अगाडि काठमाण्डौं आएका थिए।सामान्यतया १४ दिनसम्ममा कोरोनाको लक्षण देखिने भनिएकोमा ढिला गरी पुष्टि भएको संक्रमणले चिन्ता थपेको स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताएका छन ।अब नेपालमा पनि कोरोना संक्रमण भएका व्यत्ति १६ जना पुगेका छन । लोकान्तर बाट

प्रतिक्रिया दिनुस