काठमाडौं बैशाख २। सरकारले कोरोना भाइरस रोथाम तथा नियन्त्रणका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको छ ।काठमाडौंमा थप तिन जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।

हिजो काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट ल्याइएका ३ जनाको नमूनामध्ये तिनै जनामा कोरोना संक्रमण पुष्टि भएकोछ।  नेपालमा पनि कोरोनाका संक्रमण दिन प्रतिदिन बढिरहेकोले सरकारले उच्च सर्तकताका लागि लक डाउनको समय बैशाख १५ गते सम्म गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुस