कञ्चनपुर, बैशाख २ । कोरोना भाईरस(कोडिभ–१९०)को संक्रमण रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन गराउनका लागि अहोरात्र खटिएका बेलडाँडीका सुरक्षाकर्मीलाई मास्क र ग्लोब्स वितरण गरिएको छ ।

भारतसंग सीमा जोडिएको बेलडाँडी गाउँपालिकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई मास्क र ग्लोब्स वितरण गरिएको हो । सहयात्रा नेपालले गाउँपालिकालाई दिएको स्वास्थ्य सुरक्षा समाग्री बेलडाँडी गाउँपालिका प्रवक्ता अम्मर खत्रीले दुवै सुुरक्षाकर्मीलाई मास्क र ग्लोब्स हस्तान्तरण गरेका थिए ।
इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज राजेन्द्र सिह र बोडर आउटपोष्ट बेलडाँडी झिलमिला इन्चार्ज योगेन्द्र भण्डारीलाई उक्त ग्लोब्स र मास्क दिएको थियो । जनताको सुरक्षामा खटिएका बेलडाँडी दुई सुरक्षा निकायलाई सहयात्रा नेपालबाट पाएको सहयोगले उर्जा थपिने गाउँपालिका प्रवक्ता खत्रीले बताए ।

उनका अनुसार सहयोग सानै भएपनि सुरक्षा निकायको मनोबल बृद्धि हुने बताए । सहयात्रा नेपालका अध्यक्ष अनिसा धमालाले महामारीको घडीमा संस्थाका तर्फबाट जनताको सुरक्षामा अहोरात्र खटिने सुरक्षाकर्मीका लागि सानै सहयोग भएपनि उनीहरुको मनोबल बृद्धि गराउका लागि सहयोग गरेको बताए । सहयात्रा नेपालले यौनिक तथा अल्पसंख्यक समुदायको हकअधिकारको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुस