फाईल फोटो

चीनको ग्वान्झोओबाट भारतीय विशेष विमान एयर इन्डियाबाट तीन लाख थान कोरोना परीक्षण सामग्री (एन्टीबडी टेस्ट किट) भारत ल्याईएको छ।

यी टेस्ट किट भारतीय राज्यहरु तमिलनाडु र राजस्थानका स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराइने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको हो।

चीनका लागि भारतीय राजदूत विक्रम मिश्रीले ट्वीट गर्दै भने, ग्वान्झाओबाट झण्डै ३ लाख टेस्ट किट भारततर्फ पठाइएको छ। यी किट राजस्थान र तमिलनाडुका लागि व्यवस्था गरिएको हो।

कोविड–१९ सँग जुध्न सरकारले कुनै कसर बाँकी नराख्ने केन्द्रीय नागरिक उड्डयन मन्त्री हरदिप सिंह पुरीले पनि ट्वीटमार्फत जनाएका छन्।

भारतीय विमान सेवाले गरेका २४७ वटा उडानबाट मार्च २६ यतामात्र ४१८ टन स्वास्थ्य र अन्य अत्यावश्यकीय सामग्री ढुवानी गरेको मन्त्री सिंहले बताए।

प्रतिक्रिया दिनुस