प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरका मुख्य पूजारी इन्सान थापालाई प्रहरीले बन्दुकसहित फेला पारेको छ।लकडाउनका बेला प्वाइन्ट टु टु नामक बन्दुकसहित शनिबार पूजारी थापा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयबाट बन्दुकको इजाजत लिएको भएपनि लकडाउनका बेला रातको समयमा हतियार लिएर हिँडेकाले बन्दुक नियन्त्रणमा लिएर उनलाई तारेखमा रिहा गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दैनिक करिब पाँच हजार भक्तजन आउने मनकामना मन्दिर लकडाउनका कारण सुनसान बनेको छ।

प्रतिक्रिया दिनुस