पैलाद राना
कञ्चनपुर, बैशाख ९ । कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित खानेपानी मन्त्री समेत रहेकी बिना मगरले निर्वाचन क्षेत्रका जनताका लागि चारै स्थानीय तहलाई स्वास्थ्य सुरक्षा समाग्री दिएकी छिन् ।
यस अघि खाद्यान्न, स्वास्थ्य सुरक्षा समाग्री दिएकी मन्त्री मगरले तेस्रो चरणमा चारै तहलाई गन थर्मामिटर र सेनिटाईजर दिएकी हुन् ।
मंगलबार खानेपानी मन्त्रीका स्वकीय सचिव दिपक तिमलसिना मार्फत चारै स्थानीय तहलाई उक्त समाग्री हस्तान्तरण गरिएको हो ।

बेलडाँडी गाउँपालिकालाई २ थान गनथर्मामिटर ज्वँरो नाप्ने यन्त्र, ४० थान सेनिटाईजर, बैलौरी नगरपालिकालाई ६० थान सेनिटाईजर, ३ थान गनथर्मामिटर, पुर्नवास नगरपालिकालाई ६० थान सेनिटाईजर र ३ थान गनथर्मामिटर हस्तान्तरण गरिएको छ । मन्त्री मगरका स्वकीय सचिव तिमलसिनाले बेलडाँडीका प्रमुख धन ब। थापा, बेलौरी नगर प्रमुख पोतिलाल चौधरी र पुर्नवास नगर प्रमुख जिवनराज थापालाई उक्त समाग्री हस्तान्तरण गरेका थिए ।
लालझाडी गाउँपालिकालाई भने बुधबार हस्तान्तरण गरिने मन्त्रीका स्वकीय सचिव तिमलसिनाले बेलडाँडी पोष्टलाई बताए ।
लालझाँडी गाउँपालिकामा समेत बेलडाँडी गाँउपालिकाकै जति २ थान गन थर्मामिटर र ४० थान सेनिटाईजर हस्तान्तरण गरिने छ । खानेपानी मन्त्री आफु संघीय सरकारकी मन्त्री भएका कारण कोरोना रोकथाम तथा नियन्त्रणका लागि कामको चापले गृहजिल्ला क्षेत्रमा अनुपस्थित भएपनि स्वकीय सचिव मार्फत तेस्रो चरणमा व्यक्तिगत रुपमा सहयोगी गरेकी छिन् ।

आफ्नो क्षेत्रका जनताको स्वास्थ्य सुरक्षाका लागि मन्त्रीले नियमित रुपमा खाद्यदेखि, स्वास्थ्य र सुरक्षाका समाग्री उपलब्ध गराएकी छिन् । चारै स्थानीय तहका प्रमुख धन बहादुर थापा, मदन सेन बडायक, पोतिलाल चौधरी, जीवनराज थापाले मन्त्रीको प्रसंसा गर्दै यस क्षेत्रबाट निर्वाजित प्रतिनिधी सभा सदस्य समेत रहेकी संसदबाट अतुलनिय सहयोग पाईएको बताएका छन् ।

चारै स्थानीय तहले मन्त्रीले दिएका खाद्यदेखि सुरक्षा समाग्री सम्बन्धीत लक्षित वर्गलाई दिने प्रण गरेका छन् । राहत सहयोग हस्तान्तरण कार्यक्रममा नेकपाका स्थानीय नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो । उनीहरुले आफ्नो पार्टीबाट निर्वाचित भएकी नेकपा नेत्रृ मगरले पल पलमा जनताको सुरक्षामा ध्यान दिएको भन्दै धन्यावाद दिएका छन् ।
चारै निर्वाचन क्षेत्रका स्थानीय समेत मन्त्रीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि क्षेत्रका जनताको सुरक्षामा देखाएको तदारुकतामा हर्षित भएका छन् । केही व्यक्ति समुहले मन्त्रीले गरेको सहयोग स्वीकार गर्न नसकेर अनावश्यक राजनीतिक मुद्दादेखि जनतामा भ्रम छरिरहेका छन् । स्वयम उनीहरुकै नेता कार्यकर्ता र पार्टीले समेत महामारीका बेला मन्त्रीले आफ्ना क्षेत्रका जनताको सुरक्षा देखाएको तदारुकता पंससनिय भएको विश्लेषण गरेका छन् ।

मन्त्री बिना मगरको सचिवालयले व्यक्तिगत सहयोगसंगै भावि दिनमा संस्थागत एव अझै सहयोग जारी राख्ने जनाएको छ । मन्त्रीको सचिवालयले स्थानीय तहलाई कुनैपनि जनता राहत र सुरक्षाबाट बञ्चित गराउन नहुने पटक पटक ताकेता गर्दै आएको छ । आम जनताले मन्त्री बिनाको काममा प्रसंसा गर्दै भावि दिनमा समेत क्षेत्रका जनतालाई थप सुरक्षित बनाउन भूमिका निर्वाहमा जोडदिदै आएका छन् ।

प्रतिक्रिया दिनुस