कञ्चनपुर बैशाख १० ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका वडा नं २ को कार्यालयले दैनिक ज्याला मजदुरी गर्ने परिवालारलाई बुधवार राहत सामग्री वितरण गरेको छ । वडाका अति विपन्न साँझ विहानको छाक टार्न समस्या भएका १ सय ४५ परिवारलाई राहत सामग्री वितरण गरेको हो । वडाका विपन्न र छाक टार्न मुस्किलमा रहेका परिवारको तथ्याङ्क संकलन गरि वास्तविक र आवश्यकतामा परेका परिवारलाई राहत सामाग्री वितरण गरिएको वडाध्यक्ष शिवराज पनेरुले बताए ।

वडा समिती र वडा को समुन्वय समितीका सबै प्रतिनिधिहरु विपन्न परिवारको घरघरमै पुगेर राहत सामाग्री वितरण गरिएको हो । वडाका विपन्न परिवारलाई प्रति परिवार ३० किलो चामल, ३ किलो दाल, २ किलो चिनी, २ लिटर तेल, २ प्याकेट नुन, ४ वटा सावुन वितरण गरिएको छ । यसैगरि वडाध्यक्ष शिवराज पनेरुले ढुवानीको लागि व्यक्तिगत ट्रयाक्टर उपलब्ध गराएका थिए ।

राहत वितरण कार्यक्रममा नगर उप प्रमुख तुलसीदेवी हमाल, प्रमुख प्रशासकिय अधिकृत विशनसिंह थापा,जनप्रतिनिधी, सामाजसेवी, सञ्चारकर्मी लगायतका उपस्थीति रहेको थियो । सामाजिक दुरी कायम गरी राहत वितरणको कार्य गरिएको थियो ।

प्रतिक्रिया दिनुस