कञ्चनपुर, बैशाख,११ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड २ मा राहात नपाएको भन्दै स्थानियहरुले वार्ड कार्यालय घेराउ गरिएका छन । शुक्लाफाँटा नगरपालिका वार्ड २ मा हिजो भएको राहात बितरण गरिएको बिषयमा बिबाद हुदाँ वार्ड कार्यालयमा आएर महिलाहरुले घेराउ गरेर नारा बाजी गरेका हुन ।

गरि खाने मजदुरबर्ग र बिपन्न परिवार लाई राहात बितरण नगरेर आफन्तलाई बितरण गरेरको बिषयमा बिबाद भएको हो । राहात बितरण नपाएको भनेर वार्ड कार्यालयमा गएर कुरा गर्दा महिलाहरु माथी वार्ड अध्यक्ष शिवराज पनेरुले हातपात गरेरको स्थानिय बसन्ति अवस्थाीले बाउनुभयो ।

वार्ड अध्यक्ष लाई यस बिषयमा कुरा गर्दा मैले कसैले महिलालाई हातपात नगरेको र आफन्न नाता पर्ने संग सामान्य बिबाद भए पछि समिति संयोजक लाल बहादुर धानुक लगायत समितिका पदाधिकारी वार्ड वार्यालयबबबाट  उठेर गएको समितिको निर्णय र मन्त्रालयको निर्णय अनुसार पिडित तथा गरी खाने मजदुरलाई मात्र राहात बितरण गरेको बताए । नेपाली काग्रेसका नेता राम दत्त पन्त र गोबिन्द अवस्थीले महिलाहरुलाई उचालेर ताला बन्दी गर्न र बिवाद गर्न लयाएको अध्यक्ष पनेरुले आरोप लगाएका छन । ।

प्रतिक्रिया दिनुस