गौरब बिष्ट,कञ्चनपुर बैशाख ११ ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले लकडाउनको समयमा खाद्यान्न सामाग्री बाडने कार्यमा तिब्रता देखाएको छ । बिहिबार शुक्लाफाटा नगरपालिकाको वडा नम्बर ६ कसरौलमा खाद्यान्न सामाग्री बितरण गरिएको छ ।

शुक्लाफाटा नगरपालिका वडा नम्बर ६ का अति बिपन्न,मजदुर,अशक्त ५२ घर परिवार लाई पहिलो चरणमा खाद्यान्न सामाग्री बितरण गरिएको हा । बितरण गरिएको खाद्यान्न सामाग्रीमा प्रती परिवार ३०केजी चामल,३ केजी दाल,२ केजी नुन ,२ लिटर खाने तेल,२केजी चिनी र प्रति परिवार ४्४ पिस साबुन वडा कार्यालयको परिसरमै बितरण गरिएको वडा अध्यक्ष जगता रानाले जानकारी गराएका छन।

राहात बितरण कार्यविधि २०७६ अनुसार बिपन्न बर्गका गरिब मजदुर परिवार र ज्यादारी गरी खाने बर्गलाई खाद्यान्न सामाग्री बितरण गरिएको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐर बताएनु भयो । राहात , शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐर ,नगर उपप्रमुख तुलसी हमाल,वडा अध्यक्ष, वडा सदस्य,सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस