डम्बर भट्ट.
कञ्चनपुर,बैशाख १२ । कञ्चनपुरको लालझाडी गाउँपालिका क्वारेन्टाईनमा बस्नेहरु सुरक्षित भन्दा बढि असुरक्षित भएको पाईएको छ । लालझाडी गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाईनमा बस्ने मानिस सुरक्षित भन्दा बढि असुरक्षित भएको पाईएको छ । लालझाडी गाउँपालिकामा रहेका क्वारेन्टाईन बस्नेको हरिबिजोग भएको छ ।

संक्रमण नफैलिदै यस्तो विजोग भएको लालझाडीमा संक्रमण फैलिए के होला रु भनेर स्थानीयले चिन्ता व्यक्त गरेका छन् । लालझाडी गाउँपालिकाले कोरोना संक्रमण फैलिन नदिन चार स्थानका विद्यालयमा क्वारेन्टाईन निर्माण गरेको छ , प्रयास राम्रो भएपनि व्यवस्थापन भने फितलो देखिएकोछ । सायद लकडाउनकै बेला राजधानी काठमाण्डौँ लगायतका विभिन्न जिल्लादेखि धमाधम मानिसलाई जिल्ला पठाउन थालेपछि कञ्चनपुरका स्थानीय तहलाई व्यवस्थापनमा समेत चुनौति थपिदिएको छ ।

लालझाडी गाउँपालिका १ नौरङ्गा शारदा मावि, २ को शंकरपुर गञ्जको भानु मावि, ४ पर्सियाको स्वतन्त्र मावि र ६ चाँन्देवको रामेश्वर माविमा क्वारेन्टाईन निर्माण गरिएका छन् । चारै क्वारेन्टाईनमा बस्नेहरुले चरम गुनासो पोखेका छन् । घरदेखि नै ओढ्ने बिछ्याउदेखि ब्याजसम्म ल्याउनु परेको बताएका छन् । कतैका क्वारेन्टाईनमा कुहिएका चामलको भात, त कतै मासुभात खुवाएपछि मासु नपाएका क्वारेन्टाईनमा बस्नेहरुले बिरोध जनाएका छन् ।

‘गाउँपालिकाले एक झुल र एक साबुन बाहेक केही दिएको छैन्, ‘चाँन्देवको रामेश्वर विद्यालयको क्वारेन्टाईनमा बसेका प्रेमसिह रानाले भने, ‘हामीले घरबाट ओछ्यादेखि तरकारी, दाल भुट्नका लागि प्याजसम्म आफैले ल्याउनुपर्ने बाध्यता छ ।’ रानाले कुहिएको चामल खुवाउने गरेको दुखेसो पोखे । ‘गाउँपालिकालाई एनजिओहरुले दिएको कुहिएको चामल हामीले खानुपर्ने बाध्यता छ, ‘उनले भने, ‘यस्तो चामलको भात कुकुरले पनि खाँदैन् ।’

भानुमाविको क्वारेन्टाईनमा बस्ने लखन रानाले विद्यालयमा बेड नभएकाले आफ्नै घरबाट खटिया ल्याएर सुतिरहेको बताए । ‘समाचार सुन्दा गाउँपालिकाले ५० बेडको क्वारेन्टाईन निर्माण गरेको सुन्छौ, तर हामीलाई यहाँ एक बेडपनि छैन्, ‘उनले भने, ‘विद्यालयका बेच्न मिलाएर सुत्नुभन्दा घरबाटै खटिया ल्याएर सुतिरहेका छौँ ।’ तीनचार दिन बसेका २२ जनालाई गाउँपालिकाले सित्तैमा घर पठाएको बताए ।
शारदा माविको क्वारेन्टाईनमा बस्दै आएका सुरज रानाले शुक्रबार मासुभात दिएर गाउँपालिकाले राम्रो सुविधा दिएको बताए । ‘हामीलाई आज कुखुराको दुई÷तीन टुक्र्रा मासु दिएको छ, ‘उनले भने, ‘हाम्रो यहाँ त गाउँपालिकाले राम्रो व्यवस्थापन गरेको छ । आफुहरु बस्ने क्वारेन्टाईनमा राम्रो सुविधा भएको उनले बताए ।
क्वारेन्टाईनमा खाना पकाउने ९भान्से०लाई मास्क, हातमा ग्लोब्स प्रयोग नगरिकनै खाना पकाउने दिने भएकाले चुनौती थपिएको उनले बताए । ‘खाद्यान्न छ, तर त्यो खान योग्य छैन, ‘उनले भने, ‘रातदिन खोलाका लौका भात र गुहिएको चामल खुवाईरहेका छन् ।’ गुणस्तरिय कुनै संघ संस्थाबाट नदिएको राम्रो खानयोग्य चामलको माग गर्दा समेत गाउँपालिकाले कुनै सुनुवाई नगरेको उनको दुखेसो छ । क्वारेन्टाईमै बसेकाले बनभोज स्टाईलमा सामुहिक आफैले खाना पकाएर खाने गरेका छन् । भने स्वतन्त्र माविको क्वारेन्टाईनमा बसेकाहरुले दैनिक घरबाट खाना ल्याएर खान्छन् । ‘स्वतन्त्र माविको क्वारेन्टाईनमा बसेकाहरुले त्यहाँ रहेका मान्छेले घरबाटै पकाएर खाना ल्याउने गरेको बताएका छन् ।
बिहीबारसम्मा लालझाडी गाउँपालिकाले निर्माण गरेका चार क्वारेन्टाईन शारमा मावि ४, भानु मावि ३३, स्वतन्त्र मावि १३ र रामेश्वर मावि ८ गरि ५८ बस्दै आएका छन् । क्वारेन्टाईन व्यवस्थापनका लागि गाउँपालिकाले हजारौँ लाखौँ रकम खर्च गरेपनि उचित व्यवस्थापन नभएपछि क्वारेन्टाईन बस्नेहरु चिन्तित भएका छन् । गाउँपालिकाले क्वारेन्टाईन व्यवस्थापनमा गरेको प्रयास पहलबारे स्थानीय राजनीति दल, नागरिक अगुवाले समेत कटाक्ष गरेका छन् । लालझाडी गाउँपालिका ६ का वडाध्यक्ष फुलाराम चौधरीले कुहिएको चामलको विषयमा संघ संस्थाले गाउँपालिकालाई दिएको चामल खुवाईरहेको बताए ।
‘हामीलाई गाउँपालिकाले चामल उपलब्ध गराएको हो, ‘उनले भने, ‘त्यही चामल खुवाईरहेका छौँ, कुहिएको वा कस्तो छ, त्यो मलाई थाहा छैन, हेर्नुहोस, हामीले यि दाताले दिएको चामल खुवाईरहेका छौँ ।’ उनले रामेश्वर माविको क्वारेन्टाईनमा खानेपानीको समस्या रहेको बताए । राम्रो व्यवस्थापन भएको बताउदै उनले एक क्वारेन्टाईनमा बसेकाहरुले अर्को क्वारेन्टाईनमा बसेकाहरुलाई टेलिफोन गरेर भड्काउने गरेको बताए ।
लालझाडी गाउँपालिका प्रमुख मदन सेन बडायकले स्थानीय स्रोतले भ्याएसम्म उचित व्यवस्थापन गरिएको बताए । ‘हामीले सबै क्वारेन्टाईनमा राम्रो व्यवस्थापन गरेका छौँ, ‘उनले भने, ‘केही असन्तृष्ट समुहले अनावश्यक हल्ला मात्रै गरेका छन् ।’ अहिलेसम्म कुनैपनि क्वारेन्टाईनमा मासु नखुवाएको र सबै क्वारेन्टाईनमा राम्रो खाना खुवाएको उनले दावि गरे । गाउँपालिका प्रमुख बडायकले सबै क्वारेन्टाईनमा एनएनएसडब्लुएबाट प्राप्त चामल वितरण गरेको बताए । ‘चाँन्देवको क्वारेन्टाईनमा पानिका कारण भात कालो हुने गरेको छ, ‘गाउँपालिका प्रमुख बडाउयले भने, ‘कुहिएको चामल हामीले खुवाउने कुरै भएन, कतै कुहिएको चामल फेला परेपछि अर्कोे चामल खुवाउँछौँ ।’ आकस्मिक रुपमा आएका स्थानीयलाई तत्तकाल व्यवस्थान गर्दा केही समस्या भएपनि क्वारेन्टाईनमा सबै सुरक्षाका समाग्री दिएको बताए । ‘यस अघि निर्माण भएका क्वारेन्टाईनमा फुलफिल छन, ‘उनले भने, ‘सम्बन्धीत वडाको रहोबरमा व्यवस्थापन भईरहेको छ ।’ केही व्यक्ति समुहले अनेकन प्रचारबाजी गरेको बिरोध गरिरहेको उनले बताए ।
गाउँपालिका प्रमुख बडायकले एनएनएसडब्लूएबाट पाप्त चामल चान्देवलाई दिएको बताएपनि यता एनएनएसडब्लूएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले प्याकिङ्ग गर्दा चेकजाँच गरेर वितरण गरिएको बताए । ‘हामीले वितरण गरेको चामल ठिक छ, गुणस्तरिय छ, ‘उनले भने, ‘हाम्रो दिएकोमा समस्या छैन, अरु नै होला ।’ सय विपन्न एव दैनिक मजदुरी गरि खाने सय परिवारका लागि वितरण गर्ने भनेर पोका बनाएर चामल दिएको बताउदै उनले आफुहरुले दिएको चामल क्वारेन्टाईन भन्दा पनि विपन्न समुदायमा वितरण गर्नुपर्ने धारणा राखे । कतै चामल साटिएको बारे उनले आशका गरेका छन् ।
लकडाउनका बेला विभिन्न व्यक्ति, संघसंस्था एव निकायबाट प्राप्त र स्वयम सरकारी निकायबाट खरिद गरिने चामल लगायतका खाद्यान्न पहिले नै चेकजाँच नगर्दा पछि समस्या देखिने कतिपयको बुझाई छ । कुनैपनि निकाय, दाताले दिदा, ग्रहण गर्दा खरिद र वितरण गर्दा चेकजाँच नगर्दाको परिमाण भएको स्थानीयको दुखेसो छ । खाद्यान्न वितरण देखिएका समस्या बारे सरोकारवालाले ध्यानै दिएका छैन् । सस्तो लोकप्रियता, बजेट सक्नका लागि गरिने कार्यको परिमाण समेत दिर्घकालनमा उल्टो हुने स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुस