विकास सिंह महता,
कञ्चनपुर , बैशाख १२ ।कञ्चनपुरको महेन्द्रनगरमा अति अपाङ्गता बजारको पहुच नभएका व्यक्तिहरुको घर दैलोमा स्वास्थ्य सामग्री सहयोग गरिएको छ।अचानोको पीडा अचानोले नै बुझ्छ, खुकुरीलाई थाह हुँदैनु भन्ने नेपाली भनाई सुदूरपश्चिमका अपांगता भएका व्यक्तिहरुले व्यबहारीक रुपमा देखाएका छन् । धनगढीमा रहेको समावेशी आवाज मिडियाको पहलमा नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेश र वेस्ट डाइजेष्ट संस्थाको सहयोगमा समस्यामा रहेका पूर्ण र अतिअशक्त डेढ दर्जन अपांगता भएका व्यक्तिलाई स्वास्थ्य सामाग्री सहयोग वितरण गरिएको हो ।

विश्व कोरोना महामारीको चपेटामा परेपछि त्यसवाट बच्न नेपाल सरकारले अपनाएको लकडाउन लम्बिदै जाँदा अरुको सहारामा बाँच्दै गरेका पूर्ण तथा अति अशक्त अपांगता भएकाहरु विशेष गरी स्पाइनल कट इन्जुरी भएका व्यक्तिहरु समस्यामा रहेको खबरपछि पत्रकार भवानी ऐरले सहयोगकोलागि सरकार सरोकारवाला संघसंस्थासँग अपिल गरेको तर कतैवाट नदिइएपछि सहयोगी मनकारीको खोजिमा नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिर्घकुमार स्वार र वेस्ट डाइजेष्ट संस्थाकी संचालक सिर्जना जोशीको आर्थिक सहयोगमा स्थानीय भीमदत्त नगपालिकाको समन्वयमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

पारा ओलम्पिक कमिटी सुदूरपश्चिमका अध्यक्ष स्वारका अनुसार एकजना दीर्घरोगीलाई औषधीसहित कञ्चनपुर र बैतडीका स्पानल इन्जुरी भएका अपांगलाई स्पाइनल इन्जुरी भएकालाई अएर मेट्रेड ९हावा भर्ने बेड०, सिआसी पाइप, युरिन ब्याग, जेलि, ग्लोब्स, डिस्टिल वाटर, सेनिटाईजर, माक्स, एडिसिप पेप, डाईफर लगायतका सामाग्री तीनदेखि पाँच महिनालाई पुग्ने गरी वितरण गरिएको छ ।

भीमदत्त नगरपालिका(१० जिमुवा बस्ने दुर्गादेवी जोशी जो अहिले बेड स्वर ९घाउ० भएर कष्टकर जीवन बाचिरहनु भएको छ, उहालाई घाउबाट बचाउनको लागि यअर म्याट्ररेस र स्वास्थ्य मेडिकल सामाग्री, यस्तै बैतडीको पाटन नगरपालिका(१० शिद्धपुरकी माधवी पन्त जो स्पाईनल ईन्जुरी भई कष्टकर बाचिरहनु भएको छ, उहाँले लकडाउनका कारण बढिमा १५ दिनमा फेर्नु पर्ने पिसाब निकाल्ने पाईप ४५ दिन हुदासम्म पनि फेर्न नपाएको दुखेसो राखेकाले पाँच महिनालाई पुग्नेगरी आवश्यक सबै सामाग्रीहरु पठएको बताए । उनले सुदूरपश्चिमका अन्य जिल्लामा पनि केही दिनमा वितरण गरिने तयारी भैइरहेको बताए ।

यस्तै अर्का सहयोगी वेस्ट डाइजेष्ट संस्थाकी संचालक सिर्जना जोशीले लकडाउनको समयमा अपांगता भएका व्यक्तिहरु समस्यमा परेको थाह पाएपछि उहाँहरुलाई प्रथमिकता दिएर लागेको बताइन् ।

प्रतिक्रिया दिनुस