बैतडी,बैशाख, १३ । लकडाउनको समयमा अवस्थामा आवतजावत गर्ने सवारी साधनका लागि जिल्ला प्रशासन कार्यालय, बैतडीले अब अनलाइनबाटै अनुमति (ई–पास) प्रदान गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सरकारले लकडाउन आह्वान गरेलगत्तै जिल्ला प्रशासन कार्यालय, बैतडीले कार्यालयमै उपस्थित भएर सवारी पास लिने निति बसालेको थियो । तर यस्तो पास वितरण प्रणालीले चाप र जोखिम दुवै बढाइरहेका बेला अब अनलाइनबाटै ई–पास वितरण गर्ने व्यवस्था मिलाएको हो ।


अत्यावश्यक रूपमा कसैलाई सवारी पास चाहिएमा अब उप्रान्त ई–पासको व्यवस्था मिलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो । यस्तो पास लिन आवेद्कले मोबाइलको म्यासेजबक्समा गएर १११२ मा एसएमएस गर्नुपर्ने जनाईएको छ । एसएमएसपछि https ://epass.moha.gov.npलिंक उपलब्ध हुने र इच्छुकले उक्त लिंक खोली त्यहाँ उल्लेखित विवरण भर्नुपर्ने प्रशासनले जनाएको छ । पासका लागि प्राप्त अनलाइन दरखास्त अध्ययनपछि यसबारे निर्णय गर्ने प्रजिअ पौडेलले जानकारी बताउनुभयो ।
प्रशासनले उचित लागेमा आवेदकको मोबाइलमा कोड नम्बर (पास) उपलब्ध गराउने छ । पास वितरणलाई सरल,प्रभावकारी र चुस्त बनाइएको उल्लेख गर्दै प्रशासनले अनावश्यक रूपमा आवेदन नदिन सबैमा आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका यस्तो व्यवस्था गरिएको हो ।निङ्गलाशैनि बाट

प्रतिक्रिया दिनुस