विकास सिह महता ,कञ्चनपुर, बैशाख १३ । कोरोना भाईरस (कोडिभ–१९)रोकथामका लागि सरकारले लकडाउन गरेको समयमा खाद्यान्न समस्या भएका डेरामा बस्ने विद्यार्थी बढि मारमा परेका छन् । भाडामा लिएर डेरामा बस्ने विद्यार्थीलाई खाद्यान्न समस्या भएको छ । त्यही खाद्यान्न समस्या भएको विषय मध्य नजर गर्दै कञ्चनपुरका दुई विद्यार्थी नेताको पहलमा शनिबार महेन्द्रनगरको कञ्चन विद्यामन्दिर सामुदायिक कलेजमा राहत वितरण कार्यक्रम थियो ।
अखिल क्रान्तिकारी कञ्चनपुरका नेता एव एम्नेष्टी ईन्टरनेशल शुक्लाफाँटा समुहका सदस्य नरेन्द्र भाट र सत्ताधारी नेकपा निकट अनेरास्ववियूका जिल्ला सदस्य भुवन विष्टको पहलमा भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा समस्यामा परेका विद्यार्थीलाई राहत वितरण गरिरहेका थिए । त्यही समयमा उनीहरुलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । राहत वितरण गरिरहेकै अवस्थामा दुवै विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको हो । भने सोधपुछका लागि प्राध्यापक मनिस ओझालाई प्रहरीले बोलाएको उनीहरुले बताएका छन् ।
एकद्धार प्रणाली अबलम्बन गरेको भन्दै उनीहरुलाई राहत वितरण स्तरदेखि नै पक्राउ गरिएकोृ प्रहरीले जनाएको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरका नेता एव एम्नेष्टी ईन्टरनेशल शुक्लाफाँटा समुहका सदस्य नरेन्द्र भाटले विदेशमा रहेका नेपाली दाजुभाईले विद्यार्थीका लागि संकलन गरेको एक लाख बराबरको खाद्यान्न खरिद गरेर समस्यामा परेका विद्यार्थीलाई राहत वितरण गर्दा प्रहरीले पक्राउ गरेको बताए । उनका अनुसार कञ्चन विद्यामन्दिरका विद्यार्थी सहित महेन्द्रनगरका अन्य विद्यालयका विद्यार्थीलाई राहत वितरण गरिरहेकै अवस्थामा पक्राउ गरिएको बताए । उनले विदेशबाट प्राप्त सहयोगबाट प्रति विद्यार्थी १० किलो चामल, १ किलो दाल, एक प्याकेट नुन, एक प्याकेट मसला, हल्दी, एक लिटर तेल र साबुन वितरण गरिएको बताए । ‘हामीले कञ्चन विद्या मन्दिरका प्रमुख डा। राज कुमार साउँद सर सग समन्वय गरेर राहत वितरण गरिरहेका थियौँ, ‘भाटले भने, ‘न आफु वितरण गर्ने न अरुलाई वितरण गर्ने दिने वितरण गर्दा पक्राउ गर्ने ।’ यस अघि विद्यार्थी नेता भाटले विद्यार्थीको समस्या मध्यनजर गर्दै विज्ञान क्याम्पस सहितका विद्यार्थीलाई राहत दिलाएका थिए । भने बिरामीलाई घरघरमै औषधी पु¥याएर समाजिक काम गर्दै आएका थिए ।

अनेरास्ववियू कञ्चनपुरका जिल्ला सदस्य भुवन विष्टले कलेजका विद्यार्थीले लामो समयदेखि खाद्यान्न समस्या रहेको आफुलाई समस्या दर्शाएपछि कलेज प्रमुख डा। राज कुमार साउद सरलाई विद्यार्थीको मर्का अवगत गराएको बताए । ‘चिफ सरले अहिले क्याम्पसमा समस्या छ, कुनै राहत दिने डोनर निकाय खोज्नुहोस भन्यो, ‘विद्यार्थी नेता विष्टले भने, ‘हामीले खोजेपनि स्थानीय तहसंग समन्वय पनि गरेका थियौँ , तर प्रहरीले पक्राउ गरेर ल्याउने खै ।’ उनीहरुले दुवैले लकडाउनका बेला समाजिक काम गर्दा आफुहरुमाथि डाह गर्ने समुहको षड्यन्त्रका कारण राहत वितरणमा अवरोध सिर्जना भएको जनाएका छन् । विद्यार्थी नेता संघ संस्थाहरुले उनीहरुको रिहाईको माग अघि सारेका छन् । कतिपय विद्यार्थी नेताले गत फागुनमा खुलामञ्चमा संचालन भएको औद्योगिक मेलामा प्रहरीले कुटाईबाट घाईते भएका विद्यार्थी नेता भुवन विष्टले प्रहरी बिरुद्ध दिएको मुद्दामा रिस साँध्नका लागि राहत वितरण गर्न पक्राउ गरेको आँकलन गरिरहेका छन् । तर त्यसलाई प्रहरी स्रोतले भने स्वीकार गरेको छैन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले राहत वितरण गर्दा एकद्वार प्रणाली नअपनाएर सिघै विद्यार्थीमाँझ गएर प्रभावित पार्न हिसाबले राहत वितरण गर्न पक्राउ गरेको जनाएको छ । प्रहरी प्रवक्ता रविन्द्र पौडेलले स्थानीय तहसग समन्वय नगरिकनै एकद्वार प्रणाली अबलम्बन गरेका कारण पक्राउ गरिएको बताए । बाँकी विषयमा सोधपुछ भईरहेको प्रवक्ता पौडेलले बताए । राज्यले अवलम्बन गरेका नीति नियम एव कानुनको पालना गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुस