धनन्जय अवस्थी, कञ्चनपुर, बैशाख १३ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी अर्थात लकडाउन गरिएको छ । लकडाउनमा उद्योगधन्दा, व्यवसायिक एव रोजगारीका क्षेत्र बन्द भएपछि दैनिक ज्यालादारी गरि गुजारा चलाउने विपन्न मजदुरका लागि राहतका कार्यक्रम ल्याएको छ । राहत यस्ता परिवारका लागि ल्याएको हो, जो दैनिक मजदुरी गरि घरमा गुजार चलाउँछन्, ति विपन्न परिवारका लागि हो । तर कञ्चनपुरमा धनी, हुनेखाने वर्गले राहतमा नजर लगाएपछि गरिब तथा विपन्न समुदाय दैनिक ज्यालादारी गरि गुजारा चलाउने परिवार राहतबाट बञ्चित हुँदै आएका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जहिल्यै राहत वितरणमा रोईरो, बिरोध एव विवाद समाजिक दुरी कायम नगर्दै राहत वितरण हुँदै आएको छ । ११ नम्बर वडामा वितरण गरिएको राहत कन्यादान स्टाईलमा वितरण गरिएयो । स्वयम नगर प्रमुख दिल बहादुर ऐर, उप प्रमुख तुलसी हमाल, वडाध्यक्ष दिल ब। बुढा, सदस्य जया विष्टले एक महिलालाई दिएको राहत कन्यादान स्टाईलमा थियो । १ नम्बर वडामा वितरण गरिएको राहतमा स्वयम नगर प्रमुख दिल बहादुर ऐरले चामलको बोरा उचालेर एक बृद्ध असाहय महिलाको हातमा दिदै थिए । जस्तो कि, कुनै ट्रकमा मजदुर लाईनबद्ध भएर समान लोडअनलोक गर्छन्, त्यस्तै स्टाईलमा नगर प्रमुख ऐरले एक बृद्धलाई उचालेर समाजिक दुरीको ख्यालै नगरिकन चामल हस्तान्तण गरे ।
यस्तै राहत नपाएको झोकमा हुनेखाने घरमा खान लागन पुग्ने समुहले नै शुक्लाफाँटा नगरपालिका २ मा समाजिक दुरीको नाङलो उल्ङघन गर्दै भिडभाँड जुटाएका थिए । उनीहरुले वडाका जनप्रतिनिधीले राहतमा विभेद नगरेको आरोप लगाएपनि उक्त वडाका जनप्रतिनिधीले भने उनीहरु राहत पाउने सुचिमा नभई सरकारबाट पाएको फ्रिफोकटको राहत आफुहरुले पनि पाउनुपर्ने एकोहोरो अडान लिएको बताएका छन् । शनिबार मात्रै कार्यालय समय अवागै शुक्लाफाँटा नगरपालिका १ को वडा कार्यालयमा केही स्थानीयले राहत नपाएको भन्दै तालाबन्दी गरे । शनिबार सार्वजनिक विदा तैपनि जनप्रतिनिधीले विषम परिस्थितिमा जुनसुकै बारमा पनि काम गरिरहेकै छन् । शुक्लाफाँटा नगरपालिका १ की दिपा रानाले धनीलाई राहत र गरिबलाई आहात लिएको कटाक्ष गरिन् ।
‘राहत पाउनुपर्ने समुदायले पाएन, नपाउनेले पाए, ‘उनले भनिन, ‘त्यही भएर आन्दोलनमा आएका हौँ ।’ उक्त समुहले पनि राहत नपाएको झोकमा समाजिक दुरीको धज्जी उडाउँदै प्रतिशोधका आधारमा तालाबन्दी गरेको जनप्रतिनिधीको ठहर छ । राहत नपाएपनि सम्बन्धीत निकायमा खबर गर्नुको साटो भिड जुटाएर आफैले र अरुमाथि कोरोनाका झन जोखिम बढाएको ठहर गरिएको छ । वडामा तालाबन्दी गर्न केही अराजक समुहले महिला मात्रै लगाएको वडाध्यक्ष हरिस विष्टले बताए । ‘बिहानै आएका रहेछन, ‘अध्यक्ष विष्टले भने, ‘तालाबन्दी गरेर बसेका थिए, प्रहरी र हाम्रो टोली वडामा पुग्दा उनीहरुले ताला खोले ।’ वास्तविक छुटपुटलाई राहत दिने र तालाबन्दी गर्ने आएको समुहको घरको अवस्था बुझेर राहत दिने छलफल पछी उनीहरु घर गएको बताए । वडाध्यक्ष विष्टले राहतमा कुनै विभेद नभएको, निर्देशिका अनुरुपै राहत वितरण भएको दावि गरे । कञ्चनपुरका ९ वटै स्थानीय तहमा राहत वितरणमा विवाद, गुनासा आईरहेका छन् ।
स्थानीयले राहत नपाएको झोकमा जनप्रतिनिधीले विभेद ग¥यो, राहतमा आफ्नालाई काखा, अरुलाई पाखा लगाएको आरोप लगाईरहेका बेला जनप्रतिनिधीले राहत पाउने वर्ग भन्दा नपाउने वर्गले नजर लगाउँदा समस्या भएको बताएका छन् । शुक्लाफाँटा नगर प्रमुख दिल बहादुर ऐरले राहत वितरणमा नगरपालिका र जनप्रतिनिधीका तर्फबाट कुनैपनि कमिकमजोरी नभएको बताए ।‘हामीबाट न विभेद न कमजोरी भएको छ, ‘उनले भने, ‘केही उच्छ्ृङगल समुहले जनताको सेवा गर्दा अफबाह फैलाए ।’ राहत मापदण्ड अनुरुपै सबै वडामा निष्पक्ष ढङगबाट वितरण गरिएको उनले बताए ।
‘एकोहोरा राहतका राहतै वितरण गरेपनि केही हुँदैन, ‘उनले भने, ‘नाकाबन्दी भएको छ, यसबेला हामीले कम्तिमा तरकारी त उत्पादन गर्नुपर्छ ।’ बजारमा तरकारी एव फलफुल केराको माग बढिरहेको भन्दै उनले यसतर्फ पनि सरकारी निकायले ध्यान दिनुपर्नेमा जोडदिए । ‘स्थानीय स्तरमै विभिन्न रोजगारीका कार्यक्रम प्रर्बद्धन गर्न सकिन्छ, ‘उनले भने, ‘लकडाउन भनेपछि घरभित्रै बस्ने, सरकारले दिएको राहत खाएर सिध्याउने मात्र नभई खेतमा गएर केही न केही उद्यम गरेर बस्तु उत्पादन गर्न सकिन्छ ।’
खेतमा समाजिक दुरी कायम गरेर काम गरिरहेका व्यक्ति समुहलाई कसैले पनि पक्रान नगर्ने बताउदै उनले बस्तु उत्पादन तर्फ सरकारले सानादेखि ठुला योजना ल्याउनुपर्ने बताए । बरिष्ठ उपाध्यक्ष जोशीले बस्तु उत्पादन गरेर निर्यात गर्ने कार्य नै आत्मनिर्भर भएको बताउदै अर्काको देशबाट खरिद गरेको बस्तु तथा सेवा बिक्रि गरेर कहिल्यै आत्मनिर्भर बन्न नसकिने बताए । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले लकडाउनको समयमा विभिन्न व्यवसायिक कृषि खेतीका लागि पहल भईरहेको बताए । उनका अनुसार मन्त्रालयले निर्देशन अनुरुप कैलाली कञ्चनपुरका २२ वटै स्थानीय तहका कृषि शाखामा योजनाको माग ल्याउन पत्राचार गरिएको छ ।
‘यो तरकारीको सिजन पनि हो, ‘उनले भने, ‘सबैले लकडाउनमा जे जति सकिन्छ, तरकारी उत्पादन गर्नु आत्मनिर्भर बन्नु हाम्रो लागि सुखद विषय पनि हो ।’ किड र बीउबिजन उपलब्ध गराउने उनले बताए । यस बारेमा सम्बन्धीत निकायसंग समन्वय गरेर बर्षको दोस्रोखेति पछि खाली खेतमा तरकारी उत्पादन गर्न सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ । सकभर व्यवसायिक रुपमा तरकारी खेती नभए आफ्नै घरमा खानाका लागि भएपनि खेती गरेर आत्मनिर्भरतर्फ उन्मुख हुन किसानसंग अनुरोध गरिएको छ ।