काठमाडौं बैशाख १३ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले तल्कालै लकडाउन खुकुलो बनाउने अवस्था नरहेको निष्कर्ष निकाल्दै फेरी एक हप्ता थप गर्न सरकारलाई सिफारिस गरेको छ ।पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको र देशका विभिन्न भूभागमा प्रभाव देखिएको भन्दै तत्काल लकडाउन खुकुलो बनाउन नहुने समितिको निश्कर्ष रहेको छ ।

लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै कम्तिमा अरु एक साता लकडाउनलाई निरन्तरता दिन समितिले सिफारिस गरेको हो ।यसबारे अन्तिम निर्णय भने अब बस्ने मन्त्रीपरिषद् बैठकले गर्नेछ । शनिवार बसेको समितिको बैठकमा हिमाली जिल्लाहरुमा भने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगको छलफल पछि ति जिल्लाका लागि केही निर्णय गर्न सकिनेबारे पनि छलफल भएको छ ।

सरकारले नेपालमा कोरोना भाइरसका दोस्रा संक्रमित देखिएपछि गत चैत्र ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । आज सम्म नेपालमा ४९ जना संक्रमित देखिएका छन भने ९ जना निको भएर घर र्फकि सकेका छन । अरु संक्रमितहरुको उपचार भइरहेको । आज सम्म संक्रमितहरुको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुस