दिपक राज भट्ट ,डडेल्धुरा ,बैशाख १३ । डडेल्धुराको परशुराम नगरपालिकाले ( कोरोना भाईरसले गर्दा पछिल्लो समयमा देशमा लकडाउन भए संगै दीर्घरोगीहरुले दैनिक खाने औषधी  खान समस्या भए पछि उपलब्धता गर्न सहज बनाउने भएको छ ।
नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै नगरभित्र बसोबास गर्ने दीर्घरोगी ९मुटुरोग, श्वासप्रश्वास, क्यान्सर, बाथरोग, यूरीक एसीड, उच्च रक्तचाप, मधुमेह, मृगौला कलेजो र मानसीक रागीहरुका लागि औषधकिो उपलब्धता सहज बनाउने भएको हो ।
लकडाउनका बेला औषधि प्राप्त गर्न असहज भइरहेकाले दीर्घरोगीहरुको विवरण संकलन गर्न वडा कार्यालयहरुलाइ नगरपालिकाले भनेको छ। विवरण भर्दा विरामीको विरामी पूर्जाको प्रतिलिपी, नागरिकता वा अन्य परिचय खुल्ने कागजातको प्रतिलिपी र निवेदन बुझाउनुपर्नेछ ।लिस्ट तयार हुने वितिकै आफुले औषधि वितरण को काम गर्ने नगरपालिकाका मेयर भिम बहादुर साउदले जानकारी दिन भयो ।

प्रतिक्रिया दिनुस