रनसुर महतारा (रमेश) काठमाडौं,बैशाख १३। कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट आक्रान्त र लकडाउनको अवस्थामा रहेको छ। तर बाजुरा जिल्ला लगायतका ठाउँबाट मजदुरीको सिलसिलामा केही महिना देखि काठमाडौंमा रहेर मजदुरी काम गर्दै आएका मजदुरहरुको दन्त बिजोग अवस्थामा रहेका छन्। लकडाउन भए पछि न काम न बस्नाको राम्रो व्यवस्था नै छ। उनिहरु अहिले उनिहरू तारकेश्वर नगरपालिका वडा नं.४ मा बस्दै आएका छन्। उनिहरु सँग अहिले पैसा पनि छैन तर घर त जसरी भए पनि जानु नै छ उनिहरुले भने।
नेपालमा पनि सरकार होला त भन्ने पनि भान हुन्छ। हामीले वडा नं.४ का अध्यक्ष नरेन्द्र श्रेष्ठ सँग कुरा गर्दा उहाँले भन्नु भयो की मैले गर्ने जति सबै सयोग गरको छु। यो भन्दा बढी सहयोग मैले गर्न सक्ने अबस्था छैन मैले नगरपालिका सँग र जिल्ला प्रसाशन सँग पनि कुरा गरे तर केही पनि सुनुवानइ भएन भन्दै उल्टै गुनासो सुनाउदै थिए।
उनिहरुको त्यो पाल मुनिको बसाँइ हेर्न हो भने उनिहरु भन्दा पनि हेर्ने मान्छेलाइ सायद बढी पिडा महसुुस हुन्छ होला उनिहरु भन्दै थिए ।राति सुत्नुको सट्टा पाल समातेर बस्नु पर्छ चैत्र(बैशाखको हावापानीले हामीहरुलाइ सारै नै सताएको छ। त्यो भन्दा बढी हामीलाइ कहिले घर जाने भन्ने पिडाले सताएको छ, भन्दै गुनासाहरु सुनाउदै थिए। त्यस्ता त उनिहरुका कति हुन कति पिडा छन् सायद लेखाजोखा गरेर पनि पुग्दैन होला उनिहरु गरिब हुनुको पिडा भोक्दै छन्।
राजनितिक दलका कार्यकर्ता घर जाने हो हामीलाइ सम्पर्क गर्नु भनेर फेस्बुकका भिताहरु रंगिचंगी पारेर प्रचारवाजीमा लागेका छन्। के पिडाको महसुस गरेका होल तरु उनिहरुले फेस्बुक भरी प्रचार गरेको सायद उनिहरु राजनितिक दलको झोले कार्यकर्ता भएर होला उनिहरुलाइ त के छ। रमालो होला नि म त भोलिको नेता हुँ भन्दै गफ लगाउनलाइ होला नि हामीले यति जनाको उदार गरेका थियौ। तपाइहरुले नि भनेको भए म उदार गर्ने थिए, भन्दै गफ लगाउन होला नि झोलेहरुले फेस्बुकका भिता रगिंचंगी बनाएका त्यसैकारणले होला, यिनीहरुका कुरा यति नै गरौ।
अब बाकीँ रहयो स्थानीयतहका छोटे राजहरुको उनिहरुलाइ त अहिले दशैं तिहार आएको जस्तै छ । भन्दा नि सायद फरक नर्पला, हामीले उनीहरु सँग सम्पर्क गर्ने धेरै नै कोशिस गरेका थियौ तर कसैको फोन रिसिभ भएन त कसैको फोन सम्पर्क नै नहुने अवस्थामा रहे छ ,अब हामिले के भने सम्बन्धित निकायका जिम्मेवार मान्छे त यस्ता छन् ।
अब हामी पिडामा रहेका मानछेका पिडा समबोधन र्गन पहल गरिरहेका छौ र जुनदिन सम्म समस्याको समधान हुदैन त्यहाँ सम्म पहल कदमी जारिरही रहने छ। सरकारलाइ भन्नु पर्ने बाध्यता हुन्छ न गरिबको लागि स्थानीय सरकार छ न प्रदेश सरकार न त संघिय सरकार नै छ। आफ्ना नागरिक पिडामा पर्दा पनि कुनै किसिमको सयोग हुदैन भने यो सरकार माफिया,दलाल,घुसखोरीको सरकार बाहेक गरिब दुखीको सरकार हुनै सक्दैन।
नाम मात्रको कम्युनिस्ट सरकार होरु कम्युनिस्टको सरकार भएको भए गरिब दुखी असाय जस्ता वर्गको लागि सरकारले केही सहयोग गर्न सकेको छैन । अहिले कोरोनाले विश्वनै आक्रान्त भएको अवस्थामा सरकार र स्थानीय सरकारले अहिले विहान बेलुका हातमुख जोडन् गारो भएका गरिब जनताको लागि केही राहात प्याकेज ल्याउनु पर्ने अवस्थामा सरकारले राजनितिक दल सम्बन्धि अध्यादेश ल्याएर सरकारले दल विभाजन र संवैधानिक परिषद्को गणपुरक संख्या सम्बन्धि ल्याएको दुईवटा अध्यादेश असफल हुदै फिर्ता लिएको छ।सरकारले काम गरेर खाने मजदुर, किसान, विद्ययार्थीको लागि यस्तो लकगडाउनको बेला सबै नेपाली जनता खुशी हुने अध्यादेश ल्याउदा पकै पनि तिमी र तिम्रो सम्पूर्ण टिम र सरकार सफल हुने नै थियो। तिम्रो यो असफलताले अब नेपाली जनताले तिमीहरुलाइ कसरी सहयोग गर्ने भन्नेमा अलमलमा पर्ने निश्चित देखिएको छ।
त्यस्तै सुदुरपश्चिमका र मध्यपश्चिमका केही पहाडी जिल्लाबाट आएकाहरु धनमल विक,विर्जन विक,हस्त विक,लालकेश रावल,मान व सुनार,नव राज गिरी,प्रेम नाथ,जयलाल अधिकारीलगायतका छन्। आफ्नो रोजिरोटीको लागि काठमाडौं भौतारिएका मजदुरहरुका पिडा सारै नै बिच्छिप्त छन् । उनिहरु अहिले कोरोनाले होइन अरु नै रोगले शिकार बनाउ छ।की भन्ने पिडामा बाँचिरहेका छन्, उनिहरु मध्यका एक जना जोसिला युवा धनमल वि।क भन्छन् समस्याको बेला सरकारले केही राहात दिन छकी भनेको तर हामीलाइ अहिले सम्म केही दिएको छैन। आफ्नै स्थानीयतहमा फोन गर्दा पनि कसैले फोन रिसिभ गदैन्न न हाम्रो लागि संघिय सरकार,प्रदेश सरकार छ न त स्थानीय सरकार नै छ। अहिले हामी सर्णराथी जस्तै भएका छौ ।
हामीलाइ लाग्दै छ कि हामी के नेपाली होइन र हाम्रो सरकार छैन्न र भन्ने भान भएको छ। उहाँले भन्नु भयो हेर्नुहोस् त हामी यस्तो माटोमा सुत्तेर, यस्तो इनारको पनी खाएर यहाँ बस्न बाध्य छौ अज कति दिन रात विताउने होला अतो पतो छैन । हामी हावाहुरी आयो भने सुत्नुका कुरा त धेरै परको कुरा हो राम्रो सँग बस्न पाइदैन कहिले हावा सँगै उडाउने हो की भन्ने पिरले हामी कहिले पनि राम्रो सँग सुत्न पाइएको छैन। मनले पनिे सुत्न मानदैन् अझै पिडाका कुरा गर्ने हो भने धेरै छन् । अब त तपाईहरुले पनि स्पष्ट देखिनै सक्नु भएको छ। हुन्छ भने हामीलाइ जसरी पनि घर पठाउने व्यवस्था गरिनिु प¥यो भन्दै उनिहरू गुहार माग्दै छन् ।