विकास सिह महता
कञ्चनपुर, बैशाख १४ । सुख्खा मौसममा हावाहुरी लाग्ने र वन, जंगलमा पात झरेर सुकेका हुने भएकाले डडेलो लाग्ने र वन विनास हुने डरले कञ्चनपुरको एक सामुदायिक वनले डडेलोबाट वन संरक्षण र वन्यजन्तु जोगाउनका लागि अग्नी नियन्त्रण रेखा निर्माण गरेको छ ।
कृष्णपुर नगरपालिका ८ रैकवारविचुवाको बिरेन्द्र सामुदायिक वन उपभोक्ता समुहले वन र वन्यजन्तु संरक्षणका लागि अग्नी रेखा निर्माण गरेको हो । लकडाउनको बेला समाजिक दुरी कायम गरेर वनका पदाधिकारी र उपभोक्ताले अग्नी रेखा नियन्त्रण गरेको बिरेन्द्र सामुदायिक वनका कार्यालय सचिव करन दयालले बताए ।

उनका अनुसार सामुदायिक वन क्षेत्रमा तीन किलोमिटर अग्नी रेखा निर्माण गरिएको छ । बिरेन्द्र सामुदायिक वनका अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले गर्मीयामको समयमा जंगलमा पात झरेर पुरै सुखेका हुन्छन् । कतै बटुवा कुनै संरक्षण बिरोधी समुह वा जानी नजानी वनमा आगो लगाउने प्रवृति हुँदा त्यसबाट साना पोर्था र वन्यजन्तुको चरिचरन बन्द हुने भएकाले अग्नी रेखा निर्माण गरिएको बताए ।

‘हामीले कार्य योजना अनुरुपै यस बर्षपनि अग्नी रेखा निर्माण गरेका छौँ, ‘अध्यक्ष अवस्थीले भने, ‘कोरोना कारण लकडाउन भएपछि केही ढिलाई भयो ।’ लकडाउनका बेला वन संरक्षणका लागि वन हेरालु मार्फत नियमित गस्ती गरिरहेको अध्यक्ष अवस्थीले बताए ।
‘वनको कुनै एक ठाँउमा आगलागी हुँदा अग्नी नियन्त्रण रेखा निर्माण भए अर्को ठाँउमा सल्किने पाउँदैन, ‘अध्यक्ष अवस्थीले भने, ‘त्यसैले हामीले हरेक वर्ष सुख्खायाममा अग्नी रेखा निर्माण गछौँ ।’

डिभिजन वन कार्यालय कञ्चनपुरले जिल्लाभरीका सामुदायिक वन लगायतका वनमा अग्नी रेखा नियन्त्रणका साथै वनमा उच्च निगरानी गर्न निर्देशन जारी गरेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयबिक्रम मानन्धरले समान्यतया चैतमै अग्नी रेखा निर्माण गर्नुपर्ने भएपनि लकडाउनका लागि समान्य केही ढिलाई भएपनि सामुदायिक वनले निर्माण गरिरहेको बताए । ‘अग्नी रेखा नियन्त्रण गर्दा समान्य तया सतहीमा लागेको आगोबाट फैलिन पाउँदैन, ‘उनले भने, ‘वनमा डडेलो नियन्त्रण हुन्छ ।

प्रतिक्रिया दिनुस