डिल्लीराज पन्त कञचनपुर बैशाख १४ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भीमदत्त नगरपालिको १२ नम्बर वडाले सेनिटाईजर गरेको छ । भीनपा नगरपालिका १२ का वडाध्यक्ष कृष्णसिह देउपाले वडा कार्यालय सहित, चोक चौराह र सार्वजनिक स्थलमा सेनिटाईजर गरिएको बताए । उनका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि सेनिटाईजर गरिएको छ ।

यस्तै वडाले नै घर घरमा डेङगु र लामखुट्टेबाट जोगिनका लागि औषधी समेत छर्किएको छ । वडाध्यक्ष देउपाका अनुसार ८सय घरधुरीमा डेङगु र लामछुट्टे मार्ने औषध छर्किएको छ । घर घर र वडा चोक चौतारामा सेनिटाईजर गरेपछि स्थानीय हर्षित भएका छन् ।
यस अघि भीमदत्त नगरपालिकले सालघारी स्थित सुकुमबासी र भीनपा १३मा समेत सेनिटाईजर गरेको थियो ।

प्रतिक्रिया दिनुस