बैतडी,बैशाख ,१४ । बैतडीको पुर्चौडी नगरपालिकाले कोरोना भाइरसले गर्दा लकडाउनको समयमा बन्दाबन्दीमा परेर समस्या भएकाहरु लाई घर ल्याउने व्वस्था मिलाउने तयारी गरेको छ । आज नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेर एक सूचना जारी गरी काठमाण्डौं लगायत नगर बाहिर देशका विभिन्न ठाउँमा समस्यामा रहेकाहरुका लागि सहज घर ल्याउने ववस्था गरेको हो ।

पुर्चौडी नगरपालिकाले काठमाण्डौंमा भएका हरुका लाागि १५ गते भित्र हर्क बहादुर धानुक लाई सम्पर्क गर्नहुन सूचना जारी गरेको छ । काठमाण्डौंमा भएका व्यक्त्तीका लागि ९८४९०५०५११ सम्पर्क गर्न सूचना जारी गरिएको हो । सूचनामा काठमाण्डौं लगायत अन्य ठाउँबाट घर आएकाहरुले अनिवाय रुपर्मा क्वारेन्टाइमा बस्नु पर्ने जनाएको छ ।पुर्चौडी नगरपालिकामा नयाँ सरुवा भएर प्रमुख प्रशाकीय अधिकृत हरि बहादुर चन्द आए पछि नगरपालिको कामकारवाही प्रभावकारी हुदै गएको छ ।

प्रतिक्रिया दिनुस