कञ्चनपुर, बैशाख, २२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड १ बन्शाहमा रहेको राम जानकी ग्रामिण सहकारीसंस्थाले लकडाउन विधुत महशुल छुट गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण उपभोक्क्तालाइ आर्थिक समस्या भएको भन्दै सहकारीले प्रति परिवार डकडाउन अवधिमा १० युनिट महसुल छुट गर्ने निर्णय गरिएको राम जानकी विधुत सहकारी संस्थाका अध्यक्ष राम बहादुर महराले जानकारी दिनुभयो ।

लकडाउनमा आर्थिक समस्या परेका कुनै आर्थिक श्रोत नभएका परिवारलाइ असार मसान्न सम्म विधुत महसुल बुझान सक्ने निर्णय पनि गरिएको बताए । व्यापारिक प्रयोजन वाहेका घरपरिवारलाइ मात्र १० युनिट छुट गर्ने गरिएको अध्यक्ष महराले बताए । सामाजिक दुरी कायम गरेर रिडिङ गर्ने र कार्यालय सचिवलाइ मास्क र सेनिटाइजर उप्लब्ध गराएर दैनिक कार्यालय सञ्चालन गर्ने गरिएको बताए ।

विधुत चुहावट रोक्नका लागि लकडाउनमा त्तकाल कर्मचारी खटाएर विधुत लाइमा रहेका रुखका हाँगा बुस कटिङ्ग गर्ने र सरहकारीका लागि लाइन बिस्तार गर्न ५० केविको टान्सर्फमर खरिद गर्ने निर्णय गरिएको समेत अध्यक्ष महराले बताउनुभयो । २०६२ सालमा ग्रामिण भेगका जनताका लागि विघुत पुत्याउने उदेश्यले सहकारी संस्थाको स्थापना गरिएको हो ।

अहिले बिधुत सहकारीमा ५७० परिवार आवद्द रहेका छन । बिधुत सहकारी संथाले अहिले २० युनिटको ६ रुपैया ५० पैसा र २० भन्दा माथी १०० युनिट सम्म ७ रुपैया महसुल लिने गरेको छ । लकडाउनमा संथाले राहात स्वरुप प्रति परिवार १० युनिट सम्म विधुत महसुल छुट गरिएकोमा विधुत सहकारी संस्थाका उपभोक्क्तहरुले हार्दिक आभार व्यक्त गरेका छन । डेनिडा सरकारको आर्थिक क्रिण सहयोगमा कैलाली कञ्चनपुरमा २१६ विधुत सहकारी संस्था स्थापना गरेर ग्रामिण भेगमा विधुत सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुस