पैलाद राना,
कञ्चनपुर, बैशाख २२ ।चीनबाट देखिएको नोभल कोरोना भाईरस(कोडिभ १९) को संक्रमणले विश्व मानव जगत संकटमा परेको छ । दक्षिण एसिया नेपाल, भारत लगायतका मुलुकमा पनि कोरोना भाईरसको संक्रमण बढेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले १० चैत्रदेखि लकडाउन गरेको छ । तर, पनि केही स्थानमा लकडाउन तोड्दै स्वयम आफु, परिवार, समाज, गाउँ, नगर जिल्ला , प्रदेश र सिङ्गो राष्ट्र धरापमा पारिरहेका छन् । तीनै सरकारले पटक पटक लकडाउन कार्यान्वयन गरि कोरोनाबाट बाँच्नका लागि आग्रह गरेपनि लकडाउन तोड्दै छन् ।


कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विगतमा गरेका काम, गरिरहेको काम र भविष्यमा गर्ने कामबारे संचारकर्मीसंग समिक्षा गरेको छ । भीमदत्त नगरपालिका कोरोना विपद् व्यवस्थापन समितिका सदस्य सचिव गणेश ठगुन्नाले नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको प्रतिवेदन प्रस्तुत गर्दै भीमदत्त नगरपालिका कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चामा रहेको उल्लेख गरिएको छ । सदस्य सचिव ठगुन्नाले प्रंस्तुत गरेको प्रतिवेदन अनुसार चीनबाट कोरोनाको संक्रमण देखिने बेला भीमदत्त नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रयास थालेको थियो ।

भारतसंग सीमा मात्र होईन मुख्य नाका समेत रहेको भीमदत्त नगरपालिका ११ गड्डाचौकी र ९ ब्रम्हदेबका हेल्थडेस्क स्थापना गरेर नेपाल प्रवेस गर्नेको चेकजाँच गरेको थियो । २३ फागुनदेखि २० चैत्रसम्म भीमदत्त नगरपालिकाले स्थापना गरेको हेल्थ डेस्कमार्फत ७१ हजार ७सय ७७ र पछि अनाधिकृत रुपमा आएका ४ हजार ४ सय ७ सयको समेत स्वास्थ्य चेकअफ गराएको रहेछ । आईसिएचका सय बेड र सरस्वती माविका २० बेड सहितको क्वारेन्टाईन निर्माण गरिएको छ । भीमदत्त नगरकै पहलमा महाकाली अस्पतालमा आईसोलेशन बेडका साथै स्बाब नमुना घर समेत स्थापना गरिएको छ ।
यस्तै स्वाथ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा समाग्री९पिपिई० लागयतको प्रबन्ध गरिएको छ । भने गर्भवर्ती, सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्सका साथै दिर्घ रोगीका लागि औषधी पु¥याउने प्रबन्ध गरेको छ । भीमदत्त नगरपालिकाले कोरोना रोकथाम तथा निन्त्रणका लागि सीमा क्षेत्रमै हेल्थडेस्क र कडाई गरेको थियो । भीमदत्त नगरपालिकामा ७६ को स्वाब नमुना टेष्ट, २ सय ५६ को रेपिटटेष्ट गरिएको छ ।
भीमदत्त नगरपालिकाले कोरोना पहिचानका लागि रेपिटटेष्टलाई समेत उच्च प्राथमिकतामा राखेको थियो । नगरपालिकाले ७ हजार भन्दा बढि गरिब विपन्नलाई राहत दिलाएको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले नगरपालिका तर्फबाट ६१ लाख, ३२ हजार, ४ सय ९० जम्मा गरेर विपद् व्यवस्थापन कोष शुरुवात गरिएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारबाट ४० लाख, ५० हजार, महिनादिनको अवधिमा १४ लाख, ३२ हजार ८६ रुपैया संकलन गरिएको छ । नगरका कर्मचारीबाट एक लाख, १० हजार ९सय ५८ रकम संकलन गरिएको छ । ६८ लाख, ८३ हजार, ७सय १९खर्च भएको छ । भने विपद् कोषमा ४७ लाख, २९ हजार, ६सय ९०रुपैया रहेको छ । नगरपालिकाले विभिन्न समिति मार्फत लकडाउन, राहत एव अनुगमन समिति गठन गरेको छ । कञ्चनपुरका संचारकर्मीले पिसिआर परीक्षण र लकडाउन प्रभावकारी बनाउन सुझाव दिएका छन् । भीमदत्त नगरपालिकाले भारतसंग जोडिएको नाकामा हेल्थडेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण गरेको भीमदत्त नगरपालिकाले अब पुर्वी नाका नगर प्रवेसद्वार भाँसीपुल क्षेत्रमा हेल्थडेस्क स्थापना गरेर पुन स्वास्थ्य परीक्षण गर्ने जनाएको छ । भीमदत्त नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना जित्नका लागि सबैले आ–आफ्नो ठाँउबाट अहमभूमिका निर्वाह गर्नुपर्नेमा जोडदिए । मेयर विष्टले आगामी बजेट तथा कार्यक्रम स्वास्थ्य , शिक्षा, रोजगारी एव उत्पादनसंग जोडिने बताएका छन् । ‘अबको बजेट तथा कार्यक्रम यि चार क्षेत्रलाई उच्च प्राथमिकतामा राख्छौँ, ‘मेयर विष्टले भने, ‘भीमदत्त नगरपालिकालाई कोरोना मुक्त बनाउँछौँ ।’

जनचेतनामुलक कार्यक्रमका साथै दोस्रो चरणको राहत कार्यक्रमलाई उत्पादनसंग जोड्ने योजना रहेको बताए । सबै नगरबासी, विभिन्न क्षेत्र सहित संचार क्षेत्र लगायतमा देखिएका समस्या समाधानका लागि एकिकृत योजना बनाएर उत्पादनमा जोडदिने बताए । ‘यो कोरोना भाईरस तेस्रो विश्वयुद्ध भन्दा बढि खतरा छ, ‘मेयर विष्टले भने, ‘युद्ध जित्नका लागि सेना र सेनापति हामी सबै हौँ, तसर्थ सबैले लकडाउनको पूर्ण पालना गरौँ ।’ काम र उत्पादनका आधारमा राहत वितरण गरिने बताउदै बास्तविक पीडितको पहिचान गरेर राहत वितरणको कार्यलाई प्राथमिकता दिईने बताए ।
मेयर विष्टले कोरोना जित्नका लागि कुनैपनि कोणबाट लकडाउनको सबैले पूर्ण रुपमा पालना गरेमात्रै जित्न सकिने भएकाले कार्यान्वयनमा जोडदिए । स्थानीय एव कोरोना रोकथामको क्षेत्रका कार्यरत विभिन्न संघ संस्थाहरुले भारतसंग सीमा जोडिएको भीमदत्त नगरपालिकाले कोरोना जित्नका लागि युद्धस्तरमा खटिएको टिप्पणी गरेका छन् । भीमदत्त नगरपालिकाले सरोकारवालासंगै छलफल गरेर फिल्डमा कार्यान्वयन गरिरहेको उनीहरुको टिप्पणी छ ।

भीमदत्त नगरपालिका प्रवक्ता हिमाल चन्दले संचालन गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पुष्करराज भट्ट सहितको उपस्थिति रहेको थियो । भीमदत्त नगरपालिकाले कोरोना सम्बन्धीका कुनैपनि समस्या, सुचना एव जानकारी भए टोलफ्रि नम्बरमा सम्पर्क गर्न आब्हान गरेको छ । लकडाउन प्रभावकारी बनाउन र भारतबाट आउने कुनैपनि बस्तुसेवा बन्द गर्दै स्थानीय उत्पादनमा जोडदिईएको छ । समाजिक दुरी कायम गदै कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेका प्रयास, भावि योजना र समिक्षका लागि संचारकर्मीसंग छलफल गर्ने भीमदत्त नगरपालिका कञ्चनपुरको पहिलो स्थानीय सरकार हो ।

प्रतिक्रिया दिनुस