कञ्चनपुर, बैशाख ,२२ । कोरोना भाईरसबाट बाँच्न एव रोकथाम नियन्त्रणका लगि थुप्रै अथक प्रयास भईरहेका छन् । नेपालमा पनि सरकारले रोकोना भाईरस भित्रिन नदिन लकडाउन लगायतका उपचारका प्रयास थालेको छ ।
कञ्चनपुरका स्थानीय तहले पनि कोरोना रोकथाम तथा नियन्त्रण र पुर्व तयारी थालेका छन् । स्थानीय तहले क्वारेन्टाईन निर्माणदेखि विपन्नलाई राहत वितरण लगायतका कार्यक्रम अघि गरिरहेका छन् । भारतसंग सीमा जोडिएको कञ्चनपुरको बेलौरी नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रकोप व्यवस्थापन कोषमा एक महिनाको अवधिमा ३९ व्यक्ति संघ संस्था एव निकायबाट सहयोगको ओईरो आएको छ ।
२१ चैत्रदेखि २१ बैशाखसम्म ३० दिनको अवधिमा बेलौरी नगरपालिकाको प्रकोप कोषमा ८लाख, ४० हजार २ सय २६ रुपैया जम्मा भएको छ । बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले हस्ताक्षर गरेको सुचनामा महिनादिनको अवधिमा बेलौरी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरिएको छ । किसान, सामुदायिक वनदेखि नेपाल कम्युनिष्ट पार्टी९नेकपा० बेलौरीले आर्थिक सहयोग गरेका छन् ।

उखु किसानका नेता हरीचन्द्र ठकुरीले व्यक्तिगत १५ हजार, उखु उत्पादक किसान हकहित संरक्षण समिति ४१ हजार, सिद्धबाबा गाईभैसी पालक केन्द्र तथा दाना उद्योग ११ हजार, नेपाल कम्युनिष्ट पार्टी९नेकपा० बेलौरीले ७१ हजार जम्मा गरेका छन् । सामुदायिक वन तर्फ राम नगर सामुदायिक वन एक लाख, अमर स्मृति सामुदायिक वन १५ हजार, झर्नासागर मध्यवर्ती सामुदायिक वन २१ हजार, पारिजात सामुदायिक वन २१ हजार, पुष्पलाल सामुदायिक वन १० हजार, सिता नगर सामुदायिक वन १० हजार, जम्मा गरेका छन् ।

नेकपा बेलौरीका अध्यक्ष बाबुराम न्यौपाले तीन हजार एक सय, बेलौरी थारु युवा समुह १४ हजार १सय ५५, पञ्चकोषी चन्दनाथ एकता समाज १५ हजार १सय, समाजसेवी डम्बर दत्त भट्ट १५ हजार, रमेक विक २ हजार, कञ्चन डेभलपमेण्ट बैक ३५ हजार, बेलौरी उद्योग वाणिज्य संघ १५ हजार, सम्झौता बहुउदेश्यीय सहकारी संस्था १८ हजार ३सय ७५, राधास्वामी संत्संग ब्यास १० हजार, नेकपा नेता यज्ञ कडेलका सुपुत्र रोशन कडेल २० हजार ५सय, बेलौरी एकता समाज १५ हजार ५सय ५५, दलित बहुउदेश्यीय सहकारी संस्था १० हजार, सृजनशील बचत तथा ऋण सहकारी संस्था २१ हजार, उदयदेव बहुउदेश्यय सहकारी संस्था ४० हजार, सिद्धार्थ बोडिङ्ग स्कुलका संस्थापक गणेश ब। थापा २१ हजार, समाजसेवी मोहन कुमार क्षेत्र ३५सय, गोकुलपुर ग्रामीण विद्युत सहकारी १५ हजार, कञ्चनपुर इसाई समाज २८ हजार ५सय, सिद्धबाबा सहकारी संस्था ११ हजार १सय ११, महाशक्ति स्टोर ११हजार, निजी विद्यालय २८ हजार ५सय, समाजसेवी विष्णू प्रशाद शर्मा ११ हजार ५सय, थारु कल्याणकारी सभा ५१ हजार, समाजसेवी उपेन्द्र बहादुर शाही, १५ हजार १सय १,जबदिया कृषि बहुउदेश्यीय सहकारी संस्था ४१हजार, भिमसेन देव गुठी ११ हजार ५सय, सुनगाबा कृषि सहकारी संस्था, १० हजार एक सय चार,नेपाल पुर्व संगठन इलाका कार्य समिति १९ हजार ६सय २५ र साझा पार्टी बेलौरीले १२हजार जम्मा गरेका छन् ।

बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले महामारीका बेला बेलौरी नगरपालिकाले स्थापना गरेको विपद् कोषमा सहयोगी हातहरुप्रति आभार प्रकट गरेका छन् । नगर प्रमुख चौधरीले कोरोना रोकथामका लागि नगरपालिकाले थुप्रै प्रयास थालिएका छन् । सीमा क्षेत्र सिलबन्दीदेखि क्वारेन्टाईन, बिरामीको निःशुल्क उपचार एव नियमित उद्दार कार्यमा जुटेको छ । बेलौरी नगरपालिकाले लकडाउन कार्यान्वयनका लागि अपिल सहित घरमै बस्न आग्रह गरिरहेको छ ।

प्रतिक्रिया दिनुस