कञ्चनपुर, बैशाख, २३ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड १ गणेशपुरमा रहेको गणेशपुर ग्रामिण विधुत सहकारीसंस्थाले लकडाउनमा विधुत महशुल छुट गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण उपभोक्क्तालाइ आर्थिक समस्या भएको भन्दै सहकारीले प्रति परिवार डकडाउन अवधिमा ५ युनिट महसुल छुट गर्ने निर्णय गरिएको गाणेशपुर विधुत सहकारी संस्थाका अध्यक्ष तेज बहादुर महराले जानकारी दिनुभयो ।

व्यापारिक प्रयोजन वाहेका घरपरिवारलाइ मात्र ५ युनिट छुट गर्ने गरिएको अध्यक्ष महराले बताए । सामाजिक दुरी कायम गरेर रिडिङ गर्ने र कार्यालय सचिवलाइ मास्क र सेनिटाइजर उप्लब्ध गराएर दैनिक कार्यालय सञ्चालन गर्ने गरिएको बताए ।

सहकारी समितिको आज बसेको बैठकले ५ युनिट विधुत महशुल छुट गर्ने र चुहावट रोक्नका लागि लकडाउनमा त्तकाल कर्मचारी खटाएर विधुत लाइमा रहेका रुखका हाँगा बुस कटिङ्ग गर्ने र सहकारीका लागि लाइन बिस्तार गर्ने निर्णय गरिएको समेत अध्यक्ष महराले बताउनुभयो ।

अहिले बिधुत सहकारीमा ३७० भन्दा बढी उपभोब्क्ता आवद्द रहेका छन लकडाउनमा संथाले राहात स्वरुप प्रति परिवार ५ युनिट सम्म विधुत महसुल छुट गरिएकोमा विधुत सहकारी संस्थाका उपभोक्क्तहरुले समिति पदाधिकारी लाइ धन्यवाद दिएका छन । डेनिडा सरकारको आर्थिक क्रिण सहयोगमा कैलाली कञ्चनपुरमा २१६ विधुत सहकारी संस्था स्थापना गरेर ग्रामिण भेगमा विधुत सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुस