कञ्चनपुर बैशाख २३ । कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दको गाडी वाणीमा दुर्घटनामा परेको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीमा सडक छेउमा रोकेर राखेको से २ त २४३७ नम्बरको ट्रयाक्टरमा मेयर सवार नगरपालिकाको म १ झ १०१ नम्बरको गाडी ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा परी मेयर चन्दको हातमा समान्य चोट लागेको जनाएको छ भने गाडीको अगाडीको भागमा क्षती पुगेको प्रहरीले जाएको छ ।मेयर चन्दको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ।

प्रतिक्रिया दिनुस