कैलाली बैशाख २३ । कैलालीमा एम्बुलेन्सले टक्कर दिदाँ मोटरसाइकलमा सवार एक सशस्त्र प्रहरीको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन ।कैलालीको पुर्व पश्चिम राजमार्गको गौरीगंगा नगरपालीका ९ शंकरपुरमा पश्चिमबाट पुर्व तर्फ गईरहेको ओम साई हस्पिटल धनगढीको एम्बुलेन्स से१च १८२८ र पुर्वबाट पश्चिम तर्फ गईरहेको म२प ५३०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।

सो दुर्घटनामा परि मोटरसाईकलको पछाडि बसेका सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक हल्दार बर्ष ३५ का गोरख ऐरको उपचारको क्रममा निधन भएको छ प्रहरीले जनाएको छ । मोटरसाइकल चालक घोडाघोडी १० का भरत बोहरा पनि घाईते भएका छन ।

एम्बुलेन्स चालक धनगढी उपमहानगरपालिका १० का ५४ बर्षका आशाराम चौधरीलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सुखडमा प्रमुख हरि शरण भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस