विक्रम कुवँर,(प्रतिक), सन २०१९ को अन्त्यतिर डिसेम्बरमा दक्षिण एशियाली मुलुक चीन को वुहान शहर बाट देखापरेको कोभिड १९ अर्थात कोरोना भाइरसका आज पुरै विश्वभरी फैलिएर यो भाइरस ले महामारीको बिकराल रुप लिदै दुई लाख भन्दा बढी मानिसको ज्यानै लिइसकेको छ भने तीस लाख भन्दा बढी मानिस हरुमा यस्को संक्रमण देखिएको छ । साथै संक्रमित हरु मध्ये झन्डै १० लाँख जति मानिस उपचार पछी निको भएर आफ्नो घर फर्किसकेका छन । पछिल्लो समय अमेरिकी र युरोपियन मुलुकहरू यस्को बढी चपेटामा परेका छन सबैभन्दा बढी यस्को मार संयुक्त राज्य अमेरिका ले भोग्नुपरेको छ भने त्यस्तै इटली,फ्रान्स,जर्मनी,बेलायत लगायतका विकसित देशहरूमा पनि कोरोना भाइरस को प्रभाव निकै तीब्र रूपमा फैलिदो क्रममा अघि बढिरहेको छ आर्थिक रुपमा निकै सप्पन्न यी राष्ट्र हरु लाई यो भाइरस ले भने साह्रै नै हायलकायल पारेको छ । हाल सम्म यो भाइरसको औसधी कुनैपनी देशहरूले पत्ता लगाइएको अवस्था छैन भने उल्टो शक्तिशाली राष्ट्र हरु खासगरी अमेरिका र चिनले एक ले अर्को लाई यो भाइरस प्राकृतिक नभई मानव निर्मित भनी आरोप प्रत्यारोप गरिरहेका छन । यस्को बैज्ञानिक तथ्य सहित प्रमाणित भने कसैले पनि गर्न सकिरहेका छैनन । यस्तै कोरोना भाइरसको दौड अन्य महादेशका पुर्वी र पश्चिमी राष्ट्रहरुमा पनि तिब्रतामा चलिरहेको छ ।
दक्षिण एशियाली मुलुक बाटै शुरु भएकोयो भाइरस हाम्रो मुलुकमा पनि नदेखिने त कुरै भएन तर सुखद कुरा के भने अन्य देशको तुलनामा हाम्रो देशमा अहिलेसम्म संक्रमित न्युन भएपनी कुनै मानवीय क्षती बेहर्नु परेको छैन यस्को मतलब यत्तिकैमा ढुक्क हुने अवस्था भने छैन । आज मुलुकमा लकडाउन भएको अठतीसौं दिन भैसकेको छ यस्को कारण आफैमा आत्मनिर्भर नभएको हाम्रो जस्तो मुलुकमा आर्थिक मन्दी र संकट बढदै गइरहेको त छ नै साथ साथै दैनिक उपभोग्य खाध्यान्न वस्तु लगायत अन्य आवश्यक सामग्रीको अभाव समेत दिनप्रतिदिन बढिरहेको छ । देशमा भएका साना तथा मझौला देखि ठुला उद्दोग,कल कारखाना,बजार, कार्यालय हरु सबै बन्द छन भने अतिआवश्यक बाहेक निजी यातायातका साधन हरु ठ्प्प जस्तै छन । यति मात्रै होइन स्कुल,कलेज र विश्व बिद्यालय हरु बन्द छन । राज्यको आर्थिक भार दिनप्रति दिन थपिदै गइरहेको छ वैदेशिक रोजगार बाट आउने रेमिट्यान्स लगभग बन्द जस्तै छ अर्को तिर लकडाउन का कारण दैनिक ज्यालादारी गरेर आफ्नो जीवन गुजारा चलाइरहेका मजदुर हरुको दिनचर्या झन्झन् नाजुक र दयनीय बन्दै गइरहेको छ । सरकारलाई एकातिर त्यस्ता मजदुर र आर्थिक स्थिति नाजुक भएका हरुलाई राहत प्याकेज ल्याउनुपर्ने स्थिति छ भने अर्को्तिर देशमा फैलिएको कोरोना संक्रमण लाई रोक्ने र नियन्त्रण गर्ने ठूलो चुनौती रहेको छ । हाम्रो नजिकैको छिमेकी देश भारतमा दिनहुँ तीब्र रूपमा बढीरहेको कोरोना भाइरस को संक्रमणले तिन तिरको खुल्ला सिमानाका कारण हाम्रो देश नेपालमा झनै ठूलो त्रास र चुनौती थपिएको छ । हरेक क्षेत्रमा नेपाल भन्दा कयौं बढी विकसित राष्ट्रहरु लाई यसको नियन्त्रणमा हम्मे हम्मे भएको वर्तमान अवस्थामा नेपाल जस्तो सिमित स्रोतसाधन र विकसित जनशक्तिले कोरोना नियन्त्रणमा सकस ल्याउने कुरा स्वभाविक नै छ ।
त्यसकारण मानबिय दैनिक जिवनमा समस्या हुदाहुदै पनि यस्को नियन्त्रणको एकमात्र उपाय भनेको लकडाउन मात्रै देखिएको छ । तेसैले चिकित्सक हरुको मान्यता र भनाइ अनुसार कोरोना बाट बच्ने उपाय भनेको मानिस हरुको बिच एकआपसमा समाजिक दुरी कायम गर्नु र सुरक्षित घरमै बस्नु भन्ने छ । विश्वभरि का कुनैपनी देशमा यस्को औषधी पत्ता नलागे सम्म भाइरस नियन्त्रण गर्न लकडाउन बाहेक अर्को कुनै रोकथामको नयाँ विकल्प र विधि देखिदैन जसको अभ्यास हाल दुनियाँमा सबै मुलुकहरू अप्नाइरहेका छन । कोरोना कहर आज विश्वभर यसरी तेजिलो बन्दै गइरहेको छकी विश्वमै कहलिएका महाशक्तीशाली राष्ट्रहरुले समेत यस भाइरस लाई आफ्नो काबुमा लिन सकिरहेका छैनन् सबै देशको अर्थतन्त्र आज दिन प्रतिदिन खस्किदो अवस्थामा झनै धारासायी भैरहेको छ । लाखौ मानिस हरु आज बेरोजगार बसिरहेका छन हाम्रो नेपाल जस्तो बिकास उन्मुख एकदमै गरिब देशले यस्को मार झनै झेल्नु पर्ने निश्चित नै छ । अन्य मुलुकको तुलनामा हाल सम्म नेपाल भित्र थोरै संख्यामा संक्रमित भएता पनि धेरै हाम्रा नेपाली दाजुभाइहरु भारत लगायतका तेस्रो मुलुकमा रहेका छन । आजसम्म संक्रमण पनि बाहिरी देश बाट नै आएको छ भने अझै थुप्रै संख्यामा नेपाली कामदार हरु बाहिर रहेकाले संक्रमण बढ्ने जोखिम उत्तिकै रुपमा रहिआएको छ।
डाक्टरले भनेको सल्लाह अनुसार नियमित सुझाव अवलम्बन गरेमा डराइ हाल्नु पर्ने अवस्था छैन । किनकी हाल सम्म हाम्रो देशमा संक्रमितहरु उल्लेख्य रुपमा स्वास्थ्यकर्मीको उपचार पछि निको भएर सामान्य अवस्थामा फर्किरहेका छन । हाल सम्म यस कोरोना भाइरस का कारण स्वदेशमा कुनैपनी नेपालीले ज्यान नगुमाय पनि बिदेशमा बस्ने नेपालीहरुको भने ज्यान गइसकेको छ । थुप्रै संख्यामा बाहिर रहेका नेपाली हरुमा संक्रमण समेत देखा परेको छ जस्का कारण प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देश लाई नै घाटा भइरहेको छ । आन्तरिक तथा बाह्य रोजगारी ठ्प्प हुदा देशको आर्थीक स्थिती एकदमै दिन प्रति दिन नाजुक हुँदै गइरहेको छ । जस्ले गर्दा यो कोरोना कहर का कारण देश भित्र र बाहिर हाल सम्म चालू भएको रोजगारी त बन्द छनै तुरुन्तै नयाँ रोजगारी श्रृजना हुने स्थिति पनि न्यून हुदैछ । जस्ले गर्दा देशमा आर्थिक संकट बिकराल रुपमा देखिने निश्चित छ । चालू आर्थिक वर्षमा भइरहेका बिकास निर्माणका काम हरुमा बाधा पुगेको यो घडीमा नयाँ कामकारबाही संचालनमा समेत भाबी बजेट मा आउने गिरावटका कारण झनै प्रभावित हुने पक्का छ । अर्को तिर यो कोरोना कहर कहिले र कति समय सम्म जाने हो भन्नेतिर कसैले पनि टुंगो लगाउन सक्ने स्थिति छैन । देश बाहिर रहेका लाखौं नेपाली हरुको रोजगारी गुमेर स्वदेश फर्किनु पर्ने अवस्था छ । यसले झनै देशमा बेरोजगारी र आर्थिक संकट निम्त्याउने कुरामा कुनै संका छैन ।
कोरोना कहरले शहर संगै ग्रामीण भेक लाई पनि उत्तिकै रुपमा असर पारेको छ एकातिर शहरी क्षेत्रका अधिकांस मानिस हरु सुरक्षित ठान्दै गाउँ फर्केका छन त्योभन्दानी भारत लगायतका अन्य मुलुकहरू बाट स्वदेश फर्केका मानिस हरु गाउँ गाउँमा केन्द्रित छन खासगरी त्यस्ता मानिस हरुको भरपर्दो चेकजाँच नहुदा संक्रमित संख्या थपिने देखिन्छ भने क्वारेन्टाइन मा ब्यबस्थापन गर्न देखिएको चुनौती पनि छदै छ।
गाउँमा बढी जसो मानिस हरु कृषि र पशु पेशामा आबद्द भएकाले किसान हरुलाई यस्को प्रत्यक्ष मार परेको छ। एकातिर भएको बाली नाली पनि प्राकृतिक प्रकोपका कारण समयमा भित्र्याउन सकिरहेका छैनन त अर्कोतिर लकडाउन ले गर्दा यातायातका साधन हरु बन्द भएकाले नयाँ सिजनमा लगाइने बीउबिजन,मलजल र कृषिका सहयोगी औजार तथा उपकरण हरुको अभावको कारण किसान हरुलाई दैनिक कामकाजमा प्रत्यक्ष असर गरिरहेको छ। यस्तो अवस्थामा स्थानीय ठाउँमा भएका उत्पादन हरुको बजार नहुनु र उत्पादनमा समेत ह्राश आउनुले गाउँमा भोकमरी निम्त्याउने कुरा निश्चित छ। मानिस संग संगै गाउँमा भएका पशु चौपाया हरु ले पनि यस बिचमा निक्कै मार र कष्ट झेल्नुपरेको अवस्था छ।
यस्तो महामारी को जटिल र विषम प्रस्थितीमा सरकारले सचेतता पुर्वक कोरोना नियन्त्रणका लागि शसक्त रुपमा आफ्ना सम्पुर्ण सयन्त्र हरु परिचालन गरि उपयुक्त कदम सहित संकमणको रोकथाम तिर ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ नकि अन्य कदम हरु राजनीतिक भागबन्डा तिर । अहिलेको आवस्यकता भनेको रास्टिय एकता र सहमति सद्भाव को हो बिखण्डन र आरोप प्रत्यारोपको होइन।
सरकारले कोरोना भाइरस को नमुना परिक्षणको दायरा लाई तिब्रता का साथ अघि बढाउनु पर्ने देखिन्छ भने देशमा दिनहुँ बढ्दै गइरहेको खाद्य संकट लाई कम गर्न पनि त्यत्तिकै ध्यान दिनुपर्ने हुन्छ। बढ्दो कोरोना कहरको नियन्त्रण र समाधानका लागि आवस्यक कदम हरु चाल्नुका साथै सामान्य स्थितिमा राख्न हामी भन्दा पहिले यसको भीषण संकटको सामना गरेका छिमेकी रास्ट चिन लगायतका मुलुकहरू बाट त्यहा चालिएका राम्रा र प्रभावकारी नियमको पालना कडाइका साथ गर्न र गराउन एकजुट भएर लाग्यौ भने निश्चित रुपमा हामी यस्को जोखिम कम गर्दै बिस्तारै नियन्त्रण तर्फ जाने छौ। त्यसैले यी र यस्ता उपायबारे समयमै हामी सबैको ध्यान जान जरुरी छ।
कोरोना बाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं। लेखक जन कलाकार तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) शुदूरपश्चिम प्रदेश कमिटि सदस्य हुन ।