काठमाडौं बैशाख २३ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा (बिरही) पक्राउ परेका छन्।सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएपछि सो पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै आएको छ।

प्रहरीले चितवनबाट पक्राउ गरिएको भनेको भए पनि नेकपा नेता कार्याकर्ताले अनिल शर्मालाई उपचार गराइ राखेको अवस्थामा पक्राउ गरेर फासिबाद चरित्र देखाएको भन्दै सामाजिक सञ्चालमा सरकारको आलोचना गरेका छन । तत्काल नेता अनिल शर्मालाइ रिहाइको माग समेत गरेका छन ।

प्रहरीको विशेष टोलीले उनलाई चितवनबाट पक्राउ गरेको जनाएका छन ।प्रहरीले अहिले यहाँभन्दा बढी भन्न मिल्दैन समेत भनेको छ ।बिरही विप्लव नेकपाका केन्द्रीय प्रकाशन विभाग प्रमुख समेत हुन्।अनिल शर्मा विरहीले पार्टीमा इमान्दार नेताको रुपमा पहिचान बनाएका थिए। उनलाई पार्टीमा लेख‚ रचना‚ कविता लेख्ने सृजनशील नेताको रुपमा लिइन्छ। उनी यसअघि पार्टी पोलिटब्यूरो सदस्य र पूर्वी कमाण्ड इन्चार्जको जिम्मेवारीमा थिए।

पोलिटब्यूरो विघटना भएपछि केन्द्रीय सदस्य एवं पार्टीको प्रकाशन विभागको जिम्मेवारीमा थिए। जनयुद्धमा लामो समय संघर्ष गरेका शर्मा शान्ति आएपछि सांसद मन्त्री केही भएका थिएनन्।२०६९ सालमा मोहन वैद्य किरणले पार्टी फुटाएपछि विप्लवसँगै गएका थिए। लगतै विप्लवले पार्टी अलग गराएपछि विप्लव नेतृत्वको पार्टीमा पोलिटब्यूरोको जिम्मेवारीमा थिए।

प्रतिक्रिया दिनुस