विकास सिह महता
कञ्चनपुर बैशाख २४ । कोरोना भाईरस रोकथामका लागि सरकारले गरेको लकडाउन प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने सुरक्षाकर्मी र नागरिकलाई सुशुचित गराउने संचारकर्मीलाई स्वास्थ्य सुरक्षा समाग्र दिईएको छ । नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरले भीमदत्त नगरपालिका मार्फत संचारकर्मी र सुरक्षाकर्मीलाई स्वाथ्य सुरक्षा समाग्री दिएको हो ।

नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुढाले कोरोना भित्रिन नदिन अहोरात्र फिल्डमा खटिएका सुरक्षाकर्मी र त्यही अनुसार स्वास्थ्यकर्मीलाई मास्क, सेनिटाईजर र ग्लोब्स वितरण गरिएको बताए । अध्यक्ष बुढाका अनुसार भीमदत्त नगरका संचारकर्मी, जिल्ला प्रहरी कार्यालय वडा प्रहरी, ट्राफिक प्रहरी, ब्रम्हदेब शसस्त्र प्रहरी, गडडाचौकी प्रहरी र सशस्त्र प्रहरीलाई स्वास्थ्य समाग्री दिईएको छ ।
नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष बुढा कोषाध्यक्ष देवराज पाण्डे, सचिव केशव ओझा सहितका औषधी व्यवसायीले हस्तान्तरण गरेका थिए

। महामारीका बेला औषधी व्यवसायीका तर्फबाट जनताको सुरक्षा र सुचनाका लागि खटिएका सुरक्षाकर्मी र संचारकर्मीलाई सक्दो सहयोग गरेको अध्यक्ष बढाले बताए । अनुसार ५ सय थान मास्क, १सय थान सेनिटाईजर र १५ प्याकेट ग्लोब्स वितरण गरिएका छन् । ‘हाम्रो साथमा साथ सहयोग मात्रै हो, ‘अध्यक्ष बुढाले भने, काम गर्नेलाई केबल हौसला प्रदानका लागि गरिएको हो ।’ संचारकर्मी, सुरक्षाकर्मीले औषधी व्यवसायी संघलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुस