दिपकराज भट्ट, डडेल्धुरा,भागेश्वर , बैशाख २४ । विश्व माहामारिको रुपमा रहेको कोरोना रोगका नियन्त्रणका तथा रोकथाम र समसामयिक प्रस्तिथि बारेमा डडेलधुराको भागेश्वर गाउँपालिका अध्यक्ष कौसिला कुमारी भट्टले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट संग मंगलबार भिडीयो कन्फरेन्सी गर्नु भएको छ ।

गाउँपालिकाको अवस्थाको वारेमा मुख्य मन्त्रीलाई अध्यक्ष भट्टले जानकारी गराएको जनाएको छ । विश्वमा फौलिएको कोविड–१९ कोरोना भाईरसको संक्रमण , न्यूनीकरणका प्रयास, आथिक बर्ष सकिदै गर्दा आगामी बर्षको निती तथा कार्यक्रम वारे भिडीयो कुराकानी भएको गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्टले जानकारी दिनुभयो ।

भ्रमण बर्ष २०२० , उज्यालो भागेश्वरको कार्यक्रम यो आर्थिक बर्षमा तय गरीएको थियो अधिकान्स कार्यक्रम स्थगीत गरी बजेट कटौती गरी कोरोना रोकथाम मा आफु जुटेको र प्रदेश सरकारले बाहियमुलुकमा रहेका आफ्ना नेपाली नेपाल ल्याउन तदारुकता नदेखाएको भट्टले सुनाईन ।

मुख्यमन्त्री ज्यू मित्रराष्ट्र भारतमा लामो समय बसोवास गरेको भारतमा नेपालीको पिडाका वारेमा जानकार हुनुहुन्छ , छिट्टै नेपालीको उद्वार गरीयोस भागेश्वर गाउँपालिकाले के गर्नु पर्छ, आफु जनताको साथमा रहेको र गाउँपालिकावासीको स्वास्थ्य सुरक्षाका लागि प्रतिबद्व रहेको समेत कन्फरेन्समा जानकारी दिईन । पालिकामा दैनिक ज्यालमजदुरी, गरीखाने श्रमिकहरुका लागि पहिलो चरणमा राहत वितरण गरेको दोस्रो चरणमा तयारी गरीरहेको , दैनिक उपभोग्य सामग्रीकोलागि सुफल मुल्य पसल समेत ५ वटै वडामा संचालन गरेका भट्टले बताईन । अहिलेको लडाई कोरोना संग हो स्वास्थ्य सुरक्षा गर्नु , गास,वासको ब्यबस्थापनमा सबैलेहातेमालो गरेर लड्नु पर्ने भट्टको तर्क थियो ।

प्रतिक्रिया दिनुस