कञ्चनपुर बैशाख २७ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ का वार्ड अध्यक्ष माथी अनुमति विना रुख काटेको आरोप लगेको छ । खास गरी जनप्रतिनिधी भएपछि कानुन हातमा लिनुपर्छ, जे गरेपनि हुन्छ, भन्ने उदाहरण कञ्चनपुरका एक वडाका जनप्रतिनिधीले गरेका छन् । नागरिकले आफ्नै खेतमा लगाएका रुख काट्न, ढाल्न एव उपभोग बिक्रि वितरण गर्न पनि वन कार्यालयको अनुमति लिनुपर्ने हुन्छ, अनुमतिले मात्रै काट्न पाईन्छ । तर शुक्लाफाँटा नगरपालिका ११ का जनप्रतिनिधीले दुई सालका रुख वनको अनुमति बिनै ढालेका छन् । शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर स्थित वडा कार्यालय भवन निर्माण गरिएको छ, त्यो वन वनकै जमिन हो, यहाँसम्म वडा कार्यालयमा पनि सरकारी कार्यालय भएकाले कुनै प्रकृया पु¥याएर वनको जमिनका कार्यालय स्थापना गरिएको होला । तर, वडा कार्यालय परिसरमा रहेका सालका डाडै रुपमा काट्न ढलाउन अनुमति नलिएपछि जनप्रतिनिधीविचमै विवाद देखिएको छ ।

केहीदिन अघि वडा कार्यालयको कम्पाउण्ड परिसर मर्मत एव सम्भावरका जेसिभी मार्फत काम भईरहेका बेला दुई रुख ढालिएका थिए । सालका रुख ढालिएको विषयमा स्थानीयले जनप्रतिनिधी र वनका कर्मचारीको मिलोमतो भएको आरोप लगाएका छन् । ‘हामी जनताले आफ्नै खेतबारीमा रोपेका लगाएका रुख काट्दा वनको अनुमति चाहिन्छ, ‘स्थानीय हरेन्द्र भण्डारी भने, ‘जनप्रतिनिधीले ढाल्दा अनुमति चाहिदैन्, के यसमा वनको पनि मिलोमतो छ छैन ।’ रुख काट्नै परेपनि अनुमति लिएर काट्नुपर्ने उनको सुझाव छ ।

शुक्लाफाँटा नगरपालिका ११ का वडाध्यक्ष दिल बहादुर बुढाले हावाहुरीबाट रुख ढलेको बताए । ‘वडा कार्यालय क्षेत्रमा रहेका दुई रुख हावाहुरीले ढलेका हुन, हामीले होईनौँ, ‘वडाध्यक्ष बुढाले भने, ‘कसले रुखको विषयमा अनेकन मुद्दा मामला बनाए ।’ यस अघि वडा कार्यालय निर्माण गर्दा केही स्थानीयले वडाध्यक्षलाई माटो बेचेर खाएको आरोप लगाएर अख्तियारमा उजुरी दिएका थिए । विकास बिरोधी समुहले हरेक पटक अनेकन अफवाह फैलाएर जनप्रतिनिधी बिरुद्ध भ्रम सिर्जना गरेको वडाध्यक्ष बुढाको दुखेसो छ । हावाहुरीले ढलेका रुख सुरक्षित रहेको भन्दै उनले ढलाउने नियत नभएको उनले दावि गरे ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले वडा कार्यालयबाट ढालिएका दुवै रुखको विषयमा कार्बाही प्रकृया अघि बढेको बताए । ‘अनुमति बिनै रुख ढाल्ने र काट्ने कसैलाई अधिकार छैन, ‘प्रवक्ता अवस्थीले भने, ‘त्यस विषमा छानबिन प्रकृया अघि बढिसकेको छ ।’ वडा कार्यालय परिसरमा रहेका रुखको विषयमा स्थानीयले थरीथरीका प्रकृतिया दिएका छन् । केहीले लकडाउनको मौकाछोपी वडामा कोही नआउने भएकाले बेच्ने र केहीले राम्रो काम गर्ने दौरानमा त्रृटी हुने गरेको टिप्पणी गरेका छन् । लकडाउनकै बेला कन्यादान स्टाईलदेखि वडाले दिएको राहतको चामल बिक्रि गरेर मदिरा खाने, खाद्यान्नका नाममा मदिरा ओसार्नेदेखि लकडाउन पालना भएको वडा भनेर चर्चामा आईरहेका बेला रुख ढालिएको वा हुरीले ढालिएको काण्डबाट थप चर्चा कमाएको छ ।

प्रतिक्रिया दिनुस