कञ्चनपुर बैशाख २७ । नेपाल प्रवेश गरिरहेका नेपालीहरुको सीमा क्षेत्रमा विचल्ली भएको छ । लकडाउनका कारण एक महिना देखि भारतको खटिमा लगायतका विभिन्न ठाँउमा क्वारेन्टाइमा रहेका नेपनलीलाइ भारतिय पक्षले घर जाउँ भनी क्वारेन्टानबाट हटाए पछि सीमा पुगेकाहरु सबै चल्लीमा परेका छन । भारतमा कोरोना संक्रमणको गति तिव्र रुपमा बढिरहेका बेला नेपाल प्रवेस गर्न खोज्नेहरुलाई उतै फकाईएको छ ।

नेपाल भारत दुवै देशका सरकारले सीमा क्षेत्रमा कुनैपनि मानिसलाई प्रवेस एव आवतजावत गर्न नदिने सहमती अनुरुप सशस्त्र प्रहरी बलले कञ्चनपुरका विभिन्न सीमा क्षेत्रबाट नेपाल प्रवेस गर्न खोज्ने र नेपालबाट भारत प्रवेस गर्न खोज्नेलाई फकाईदिएको छ । ‘भारतबाट आउनेलाई भारततिरै र नेपालबाट आउनेलाई नेपालतिरै फकाईरहेका छौँ, ‘सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिह शाहुले भने, ‘यो दुईदेशविचको सहमति अनुरुप गरेका छौँ ।’ कोरोना रोकथामका लागि सरकारले सीमाशिलबन्दी गरेकोछ । शुक्रबार कञ्चनपुरको नगरपालिका १० र महाकाली नगरपालिका १ चाँदनी क्षेत्रबाट नेपाल प्रवेस गर्न खोज्नेलाई भारततिरै फकाईएको हो ।

भारतका विभिन्न स्थानबाट रोजगारी गरि घर फर्किरहेका दैलेखक नमूले गाउँपालिका ३मा चन्द्र रावत, हिरलाल रावत, काली रोकाया, बिरेन्द्र रावत, मन ब। थापा, हरि रावत, खडक ब। रावत, बल ब। रावत, कुशे रोक्का, मन रावतलाई भारत फर्काएर उत्तै क्वारेन्टाईनमा राखिएको छ । यस अघि पुर्नवास, महाकाली क्षेत्रबाट भारतीयलाई भारत जानबाट रोकिएको थियो ।

तर, नेपालीहरु उनीहरुका आफन्तले भारतमा अलपत्र परेका नेपाली र सीमा क्षेत्रमा आउने नेपालीहरुलाई सरकारले स्वदेश फिर्ता ल्याएर क्वारेन्टाईनमा राख्नुपर्ने माग अघि सारेका छन् । शनिबार मात्रै कञ्चनपृरको महाकाली नगरपालिका क्षेत्रको पश्चिम तर्फका भारतीय गाउँबस्तीमा पुगेका करिब २सय जना नेपालीलाई उतै फकाईएको छ । महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजाली मगरले नेपाल आईरहेकाहरुलाई भारतीय प्रहरीले खटिमा चक्र्रपुर क्षेत्रमा रोकेर उतै क्वारेन्टाईनमा राखिएको बताए ।

भारतमा अलपत्र र केही क्वारेन्टाईनबाट नेपालीलाई निकालिएपछि भारतीय नेताहरुले धर्ना समेत दिएका छन् । उत्तरप्रदेश भारतीय काँग्रेसका महासचिव भुवन कपाडीले शनिबार खटिमामा धर्ना एव बिरोध गर्दै भारतीय सरकारको बिरोध गरेका हुन् । भारतीय उत्तरप्रदेशका काँग्रेस महासचिव कपाडीले भारतमा रहेका नेपालीको उचित व्यवस्थापन एव नेपाल फर्काउने माग अघि सारेका छन् । भारत सरकारले नेपालीलाई क्वारेन्टाईनबाट निकाल्नेदेखि कुटपिट गर्ने र नेपाल सरकारले देश प्रवेस गर्न नदिएकाले उनीहरुको विचल्ली परेको भन्दै बिरोध स्वप धर्नामा बसेका छन् ।

प्रतिक्रिया दिनुस