कञ्चनपुर बैशाख २७ । दुई विद्यार्थी संगठनले संयुक्त विज्ञप्ती जारी गरेर नेपालीभूमि हस्तक्षेप रोक्न माग गरेका छन । भारतले नेपाली भुमि हुँदै चीन जोड्ने मार्ग उद्घाटन गरेको कार्य भारतको हस्तक्षेप र विस्तारवादी कदम भएको भनेका छन् । प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेस र सरकारबाट प्रतिबन्धित नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ती जारी गर्दै भारतीय कदमको घोर भत्र्सना र कडा निन्दा व्यक्त गरेको छ । नेवि संघ निर्वतमान केन्द्रीय सममहामन्त्री अच्यूतराज कलौनी र अखिल क्रान्तिकारी सेती महाकाली संयोजक बिरेन्द्र शाहद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा भारतको धार्चुलादेखि मानसरोवर सम्मजाने सडक मार्गको उदघाटन गरेको त्यो सडक खण्ड हाम्रो नेपालको दार्चुला जिल्लासङ्ग जोडिएको नेपाली भुमी लिम्पियाधुरा९लिपुलेक९कालापानी भित्र बाट लिईएको जनाईएको छ।

‘भारतद्वारा नक्कली काली नदीको मुहान खडा गरि वर्षो देखि उक्त नेपाली भुमी बारे विबाद गर्दै आफ्नो कब्जामा राखेको छ, ‘विज्ञतीमा भनिएको छ, ‘भारतको उक्त हस्तक्षेपकारी र विस्तारवादी कदमको घोर भत्र्सना र कडा निन्दा व्यक्त गर्दछौँ ।’ सरकार प्रशासन बेखबर र मौन रहेको विज्ञप्तीमा उल्लेख छ , राज्यको मौनता र बेखबरपनले सरकारचलाई रहेका शासकहरुको नियत माथि पनि प्रश्न खडा भएको आरोप लगाईएको छ । ‘विगत लामो समय देखि हामी सबै नेपाली जनता लिपुलेक र कालापानीको विषय लाई संघर्षरत छौँ, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘तर नेपाल सरकारको लाचारी , गुलामी र दास मनोवृतिका कारण भारतले हस्तक्षेप बढाउदै लगेको छ। ।’

नेवि संघ क्रान्तिकारीले सरकारसङ्ग उक्त सडक मार्ग रोक्नका लागि र लिम्पियाधुरा९लिपुलेक र कालापानी बारे निर्णायक आवश्यक पहलकदमी लिन जोडदार माग गरेका छन् । भारतले पाँच वर्षअघि भूकम्पले नेपाल अस्तव्यस्त भएको वेला भारत र चीनले नेपालसँग सल्लाह नै नगरी लिपुलेक पासबाट व्यापारिक मार्ग बनाउने सहमति गरेकोमा अहिले कोरोना महामारीबीच भारतले सडकमार्ग उद्घाटनसमेत गरेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले दार्चुलापारि भारतीय जिल्ला धार्चुला सदरमुकाम पिथौरागढबाट लिपुलेक नाका जोड्ने ८० किलोमिटर सडक शुक्रबार उद्घाटन गरेका थिए । यस बारेमा नेपाल सरकारले समेत आपत्ति जनाईसकेको छ । भने सरकार बाहिर वा सत्ता नपाउँदा सस्तो लोकप्रियताका लागि भारतको खुलेरै बिरोध गर्ने सत्ता पाएपछि वा सरकारमा गएपछि राष्ट्रियताका मुद्दा भुल्ने परम्पराले भारतले नेपालीभूमिमाथि प्रहार गरिरहेको स्थानीयको बुझाईछ ।

 

प्रतिक्रिया दिनुस