लाल बहादुर एसके ,कञ्चनपुर, बैशाख २७ । कोरोना रोकथामका लागि भारतसंग सीमा जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिकाले पनि आफ्नै नागरिक नेपाल प्रवेस रोकदेखि कोरोना रोकथामका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । पुनर्वास नगरका मेयर जिवनराज थापाले चिनमै संक्रमण देखिएयता पुनर्वास नगरमा समेत सचेतनाका कार्यक्रम संचालन गरिएको बताए । उनका अनुसार सीमा क्षेत्रमा हेल्थडेस्क स्थापना गरेर कोरोना भित्रिन नदिन प्रयास थालिएको छ । मेयर थापाले अहिले पनि दुई बिओपी सहित सीमा क्षेत्रमा सशस्त्र प्रहरी राखिएका छन् । राहत वितरण देखि लकडाउन प्रभावकारी बनाईएको उनको दावि छ । भने जिवनज्योति र बागेश्वरी माविमा क्वारेन्टाईन निर्माण गरेर विदेशबाट घर फर्किएकालाई राखिएको छ । क्वारेन्टाईन पछि मात्रै उनीहरुलाई घर पठाईएको छ ।
पुनर्वास नगरपालिका कार्यालयको तथ्याङ्क अनुसार कोरोना विपद् व्यवस्थापन राहत कोषमा महिना दिनको अवधिमा २३ व्यक्ति संघ संस्थाबाट नगद सहयोग जम्मा गरिएको छ ।
गत चैत्र २१ देखि बैशाख २३ सम्म ७ लाख, ४७ हजार ४सय २ रुपैया स्थानीयबाट जम्मा गरिएको छ । पुनर्वास नगरपालिकाको तथ्याङ्क अनुसार नेपाल रेडक्रस सोसाईटी पुनर्वास उपशाखा ३० हजार, जनजागरण सामुदायिक वन ५० हजारm समाजसेवि खडक बिक्रम थापा २५ हजार, समाजसेवी एकनारायण पोखरेल १० हजार, स्वयम पुर्नवास नगरका पं्रवक्ता भारमल सुनार ११ हजार, नेपाल इसाई समाज पुनर्वास शाखा ५४ हजार, ३०५, ल्याब असिसटेन्ट जनक सिह धामी ८ हजार, कञ्चन नेवा समाज पुर्नवास ३१ हजार, राजेन्द्र कुमार श्रेष्ठ शिक्षक २ हजार, ममता श्रेष्ठ ८ हजार, सृजनशील सहकारी झलारी २१ हजार, उदयदेव बहुउदेश्यीय सहकारी ४० हजार, पृथ्वी पशुपालन सहकारी ३७ हजार, ९सय ७५, उद्योग वाणिज्य संघ पुर्नवास ४५ हजार, कञ्चन डेभलपमेन्ट बैक पुर्नवास शाखा ३५ हजार, शिक्षक संजय थापा २५ हजार, जेष्ठ नागरिक समाज नेपाल पुर्नवास २१ हजार, पुनर्वास नगर स्तरीय सहकारी समन्वय समिति एक लाख २७ हजार, समाजसेवी जयदेव भट्ट ३० हजार, समाजसेवि कमल कुमारी श्रेष्ठ १० हजार, सिता कोली समाजसेवी हाल लेवनान ५ हजार नेपाल राष्ट्रिय शिक्षक संगठन १लाख १० हजार एक सय र समाजसेवि नय ब। चन्द २० हजार १ सय २२ रुपैया सहयोग गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारबाट आएको ४लाख कोरोना व्यवस्थापन र २५ लाख राहतका लागि आएको छ ।
यस्तै विभिन्न व्यक्ति संघ संस्थाबाट पुर्नवास नगरपालिकालाई खाद्यान्न, स्वाथ्य सुरक्षा समाग्री समेत वितरण गरिएको छ । ग्लोबल फार्मेसी ग्लोब्स १ बण्डल, ५०थान मास्क, ५०साबुन, १५डिब्बा क्लोरिन पाउडर, श्री निवास दिव्यधाम ३क्विन्टल चामल, १६लिटर तेल, ३५किलो नुन, प्रभु विकास बैक १०क्विन्टल चामल, ७५ किलो दाल, ७५किलो नुन, समाजसेवि तोया प्रशाद शर्मा क्लोरिन पाउण्डर १६ पिस, मास्क ७५ पिस, ग्लोब्स १सय र ५०पिस साबुन, दाउत तामाङ्ग ५क्विन्टल चामल, निड्स नेपाल हजार थान ग्लोब्स, एक हजार थान मास्क, २ सय एमएल सेनिटाईजर, १ सय ४८ साबुन, एनएनएसडब्लूए ४ सय मास्क, ४ सय साबुन, १० लिटर सेनिटाईजर, २ सय डिस्पोजल ग्लोब्स, एक सेट पिपिई, उद्योग वाणिज्य संघ पुनर्वास १५ सय पेपर मास्क, प्याब्सन पुनर्वास १० क्विन्टल चामल, १ सयकिलो दाल, एक सय प्याकेट नुन, ५० लिटर खानेतेल र १ सय पिस साबुन, असिष्टेन ईन्जिनियर ओमनाथ ढकाल ३७पिस सेनिटाईजर १सय मास्क, डिब्बा ग्लोब्स, खानेपानी मन्त्री बिना मगर २५ क्विन्टल चामल, स्वास्थ्य सुरक्षा समाग्री लगायतका समागी एव गनथर्मामिटर दिईएको थियो ।
समाजसेवि सुरज गिरी ३क्विन्टल ७५ किलो चामल, १० किलो दाल, ३० लिटर तेल र ५० पोका नुन, बलराम भट्टराई एक क्विन्टल चामल, १० प्याकेट नुन, बसन्त तामाङ्ग ५ क्विन्टल चामल, एडभान्स सर्जिकल्स एण्ड सप्लायर्स धनगढी १० लिटर सेनिटाईजर, प्रहरीले जफत गरेको २ क्विन्टल चामल, २३ किलो नुन, ५० लिटर तेल, अध्दैत संस्था २ क्विटल, १० किलो चामल, २१ किलो नुन, साढे १० लिटर तेल, २१ पिस साबुन, डेबिट जेम्स९हाल अमेरिका० ३क्विटल चामल, ३क्विटल दाल, ३ सय किलो नुन सहयोग गरेको छ ।
पुनर्वास नगरपालिकाले हालसम्म १ सय ९३ जनाको आरडिटी परीक्षण गराएको छ । भारत लगायत तेस्रो मुलुकबाट घर फर्किएका १ सय ८३ कै आरडीटि नेगेटिभ आएको छ । पुनर्वास नगरपालिकाले लकडाउनका बेला दैनिक ज्यालादारी गरि गुजारा चलाउने, विपन्न एव गरिब समुदायको दुई हजार ८सय ७ परिवारलाई राहत दिएको छ ।
क्रमस १ देखि ११ वडाका २ सय ४०, २सय २०, ६५, ३सय ८३, १सय ४१, ३ सय ८५, १सय ७८, २ सय ५०, २सय ७०, २सय ७५, ४सय परिवारलाई खाद्यान्न वितरण गरिएको छ । चामल, दाल, तेल, नुन, साबुन वितरण गरिएको छ । नगर प्रमुख थापाले केही गैर पीडितले राहत वितरणमा किचलो गरेको बताए । ‘पुरै नगरपालिकाको सीमा क्षेत्र शिलबन्दी गरेका छौँ, ‘नगर प्रमुख थापाले भने, ‘सकास्पद व्यक्तिलाई क्वारेन्टाईनमा राख्छौँ ।’ महामारीका बेला पुनर्वास नगरका सबै जनप्रतिनिधी, स्वास्थ्यकर्मी, सुुरक्षाकर्मी एव कर्मचारी फिल्डमा अहोरात्र खटिएको बताउदै उनले सहयोगी सातहरुप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुस