कञ्चनपुर बैशाख २८ । विश्व कोरोना भाइरस (कोभिड १९ )महामारी भइरहेको बेला भारतले लिपुलेक मानसरोवर सडको उद्दघाट गरेर भन्दै नेकप(क्रान्तिकारी माओवादी)ले बिरोध गर्दै कडा प्रेस विज्ञप्ती जारी गरिएको छ । नेकपा क्रान्तिकारी माओवादी सुदूरपश्चिम प्रदेश सेक्रेटरी (चिन्तक)ले आएतवार प्रेस विज्ञप्ती जारी गरेर बिरोध जनाएका छन ।

दार्चुला जिल्लाको ब्याँस गाउपालिका वार्ड न १ को गुञ्जि(लिपुलेक)मानसरोवर सडकको रुपमा भिडियो कन्फ्फेन्स मार्फत सडक उद्दघाटन गरिएको प्रति नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश समितिको गम्भिर ध्यानाकर्षण भएको जनएका छन । २०७२ सालमा नेपाल भुकम्प जोखिममा रहेको समयमा छिमेकी चिन र भारत बिच गरिएको कथित लिपुलेक सम्झौता खारेज र लिम्पियाधुरा समेतको नेपाली भुमि र देशभर भारत द्धारा अतिक्रमण गरिएको भुमि फिर्ता गराउन सार्वभौमसत्ता र भौगोलिक अखण्डताका निम्ति नेकपा क्रान्तिकारी माओवादी र यस संबद्ध जवस मोर्चा निरन्तर रुपमा जनचेतना मुलुक र संघर्ष का कार्यक्रम गर्दै आइरहेको पनि बताएका छन ।

भारतले हाम्रो भुमिलाई समेत आफ्नो देशको नयाँ नक्सामा राखेर नयाँ नक्सा सार्वजनिक गरेर बैधानिक रुपमा अतिक्रमण गरेको हाम्रो भुमि फिर्ताका लागि कुटनैतिक पहल गर्न र नेपालको वास्तविक नक्सा सार्वजनिक गर्न नेपाल सरकार सित बारम्बार आग्रह गर्दा समेत बेव्यास्ता गर्ने नेपाली भुमि गुञ्जि लिपुलेक मानसरोवर सडक बनाएर उदघाटन गर्दा समेत बेखवर रहने कुनै चासो नदिने नेपाल सरकारको गतिविधिले सरकारको सार्वभौम प्रतिको दृष्टिकोण प्रति प्रश्न उठाउने समय आएको देखिन्छ सरकारको यस किसिमको मौनता र छिमेकी राष्ट्र को सार्वभौमसत्ता र भौगोलिक अखण्डता माथि निरन्तर आक्रमण गरिरहने भारतीय प्रवृत्तिको नेकपा (क्रान्तिकारी माओवादी )घोर भर्त्सना गरेको जनाएका छन ।

भौगोलिक अखण्डता र सार्वभौमसत्ता माथि निरन्तर धावा बोलिरहने बिस्तावादी निति अविलम्ब बन्द गर्न र मिचिएका भुमि फिर्ता गर्न भारतीय पक्ष सित जोडदार माग गर्दछौं साथै आफ्नो वास्तविक नक्सा सार्वजनिक गर्न देशको सार्वभौमसत्ता रक्षा निम्ति अन्तर्राष्ट्रिय पहल गर्न सीमा सुरक्षाकर्मी परिचालन सीमामा हुने अबैध गतिविधि नियन्त्रण गर्न आवश्यक ब्यबस्था गर्न नेपाल सरकार सित आग्रह गरिएको छ । ।पटकपटक नेपाली भुमि माथि अतिक्रमण गरिरहने छिमेकी बिस्तारवादी प्रवृत्ति बिरुद्ध र आफ्नो सार्वभौमसत्ता रक्षा गर्न नसक्ने नेपाल सरकार बिरुद्ध आन्दोलन को आँधी बेहरी सृजना गर्न तमतयार रहन र बिरोधको आवाजलाई बुलन्द गर्न सम्पुर्ण देशभक्त न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गरिएको छ ।साथै हाम्रो पार्टीको तर्फबाट गरिने देशभक्त र जनतान्त्रिक संघर्षका कार्यक्रमको समाचार सम्प्रेषण मा मिडियाले उचित स्थान नदिदा समयमा उठान गरेका महत्त्वपूर्ण कुरा जनता सम्म पुर्याउने र सरकार समक्ष दवाव सृजना गर्न नसक्नुले समेत पटकपटक यस्ता समस्या भोग्नुपरेको प्रति सम्पूर्ण पत्रकार ज्यु को ध्यानाकर्षण गराएको कुरा प्रेस वित्रप्ती जनाएको छ । देशको सार्वभौम जस्तो बिषयमा राजनीतिक पुर्वाग्रह नराखी सत्यतथ्य रुपमा जनता समक्ष समाचार संप्रेषण गर्न सम्पुण मिडियाकर्मीहरुमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुस