काठमाडौं बैशाख २८ । भारतको हरियाण प्रदेशमा कोरोना संक्रमण भाइरसबाट एक नेपालीको मृत्यु भएको छ । कोरोना संक्रमित ४५ वर्षीय दुर्गा थापाको मृत्यु भएको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । पाल्पा दारसिवास स्थायी घर भएका थापा केही वर्षदेखि रोजगारीको सिलसिलामा भारतको हरियाणास्थित रोतकमा थिए । उनको हरियाणामा उपचार हुँदै गर्दा मृत्यु भएको बताइएको छ ।

दूतावास स्रोतका अनुसार हालसम्म भारतका विभिन्न स्थानमा रहेका नेपालीमध्ये २८ जनामा कोरोना पोजेटिभ देखिएको छ, जसमध्ये एक जनाको मृत्यु भएको छ । त्यस्तै, १३ जना कोरोना जितेर घर फर्किएका छन् भने १४ जना भने भारतका विभिन्न अस्पतालमा उपचाररत रहेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुस