डम्मर राज भट्ट ,कन्चनपुर बैशाख ,२८, कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिका वडा नम्बर १ मा निलगाई मृतवस्थामा फेला परेको छ । गएराति पुनर्वास नगरपालिका वडा नं १ मा एक निलगाई मृत अवस्थामा भेटिएको कुण्डा सबडिभिजन वन कार्यालय पचकडियाका सहायक वन अधिकृत दिनेश कुमार यादवले बताउनुभयो ।

अधिकृत यादवका अनुसार बन्धातालको अधिकृत यादवका अनुसार बन्धातालको उत्तर तिर काँडे तारले घेरिएको क्षेत्रमा ( भाले) निलगाईको आँखामा घाउ र काँडे तारले खुट्टा चिरिएको अवस्थामा मृत फेला परेको छ ।

उक्त निलगाईलाई स्थानीय र सशस्त्र प्रहरी , नेपाल प्रहरीको रोहबरमा खाल्डोमा गाडिएको हो। निलगाई भारतीय वनक्षेत्र बाट सिकारीहरुले लखेटेर घाइते बनाएको हुन सक्ने स्थानीयहरुको भनाई छ । नजिकैको भारतीय जङ्गलमा भारतीय सिकारीहरु बढेकाले वन्यजन्तुहरू आफ्नो ज्यान जोगाउन नेपालतर्फ आउने गरेको स्थानिएहरूको दाबी छ । भारतीय सिकारीको निसानाबाट भाग्न सफल भए पनि ठुलो चोटका कारण निलगाईले ज्यान गुमाउनुपरेको हो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस